काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार ३.८३ अंकले बढेको छ । उक्त दिन शेयर बजार बढेतापनि इष्टर्न हाइड्रोपावरको शेयर ७.९७ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२ रुपैंया ९० पैसाले घटेर २६४ रुपैंया ५० पैसा कायम भएको छ ।
यस्तै, आज ग्लोवल आइएमई ब्यालेन्स्ड फण्डको ७.७२ प्रतिशत, फर्वाड माइक्रोफाइनान्स लघुवित्तको ६.७६ र पिपुल्स हाइड्रोपावरको ६.०४ प्रतिशतले शेयर मूल्य घटेको छ ।
वि.सं.२०७९ पुस ४ सोमवार १५:३२ मा प्रकाशित