काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। फाइनान्सको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हुन आउने ६ करोड ६५ लाख २८ हजार रुपैयाँ बराबरको बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.३७ प्रतशितका दरले हुन आउने ३५ लाख १ हजार ४७३ रुपैयाँ ६८ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
वि.सं.२०७९ पुस ६ बुधवार १०:२२ मा प्रकाशित