काठमाडौं । एनआईसी एशिया बैंकले साधारणसभा बोलाएको छ । बैंकले काठमाडौंको तिलगंगामा रहेको होटेल आनन्द प्रालिमा पुस २९ गते सभा बोलाएको हो ।
बैंकले साधारणसभा प्रयोजनको लागि पुस १८ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।
बैंकको पुस ५ गते बसेको संचालक समितिको बैठकले आ.व २०७८ / ७९ को मुनाफाबाट बैंकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । बैंकले गत वर्ष पनि लाभांश दिएको थिएन ।
वि.सं.२०७९ पुस ७ बिहीवार ११:३४ मा प्रकाशित