back
NMB ad

भृकुटीमण्डपमा बृहत जुत्ताचप्पल व्यापार मेलामा ग्राहकको भिड बढ्दो ७० प्रतिशतसम्म छुट

Kumari bank ad

काठमाडौं । नेपालका ख्यातिप्राप्त ब्राण्डहरुले काठमाडौंको भृकुटीमण्डप स्थित सानो चौरमा गरिरहेको बृहत जुत्ताचप्पल व्यापार मेलामा उपभोक्ताको भिड थामिनसक्नु हुँदै गएको छ ।

जाडो यामलाई लक्षित गरि आयोजना गरिएको उक्त मेलामा बलियो, आकर्षण डिजाइनका जुत्ताचप्पल सस्तो सुलभ मूल्यमा उपलब्ध गराएकाले ग्राहकहरु भिड लाग्दै गएको आयोजकको दावी छ । लगाउन हल्का, लचकदार नेपाली जुत्ताहरु भएकोले किन्न आउने ग्राहकहरुको रोजाइमा पर्ने गरेको छ ।

भृकुटीमण्डपको प्रवेशद्वार छिर्ने बित्तिकैको सानो चौरमा लागेको मेलामा नेपालका प्रख्यात ब्राण्ड शिखर शुज, हाईलाईफ, वान वर्ल्ड शुज, फुटस्टेप सुज, बोस सुज, पीजी सुज, बेम्बो सुज र हिमानी कलेक्सनको सहभागिता रहेको छ ।

एउटै छानामुनि उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोत्तmाले छानीछानी किन्न पाउनुका साथै हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी दिइएको आयोजकको भनाइ छ । ती जुत्ताचप्पलमा ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको मेलाका आयोजक बेम्बोसुजका सविन कार्कीले बताए । उपभोक्ताले खोजेका हरेक भेराइटीका जुत्ताचप्पल मेलामा उपलब्ध गराइएको उनले जानकारी दिए ।

मेला लाग्ने दिन छोटिएसँगै सस्तोमा बलियो, आकर्षक डिजाइनका जुत्ताचप्पल किन्ने ग्राहकहरुको भिडदिन प्रतिदिन बढ्दै गएको आयोजकले बताएको छ । मेला पुष १९ गतेसम्म चल्ने छ ।

वि.सं.२०७९ पुस ८ शुक्रवार ११:२१ मा प्रकाशित

You can share this post!

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...