back
NMB ad

सिद्धार्थ इन्स्योरेन्सले पनि गर्यो लाभांश संशोधन, नगदको सट्टा बोनस दिने

Kumari bank ad

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । नियामक बिमा समितिको निर्देशन बमोजिम कम्पनीले नगद लाभांशको सट्टा बोनस सेयर दिन लागेको हो । कर प्रयोजनका लागि भने नगद पनि दिइने कम्पनीले जनाएको छ ।

कम्पनी संञ्चालक समितिको कार्तिक २९ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ९.४७३७ प्रतिशतले हुन आउने १२ करोड २० लाख २१ ह्जार ५३ रुपैयाँ बराबरको नगद (कर सहित) प्रस्ताव गरी आर्थिक वर्ष २०७८/७९ वित्तीय विवरण स्वीकृतीको लागि बीमा प्राधिकरण पठाएको थियो ।

त्यस अनुसार कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीले लाभांश तथा मर्जरको प्रस्ताव पारित गर्न पुस २९ गते, बिहान ११ बजे, नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप काठमाडौंमा २१ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले प्रस्तावित लाभंश सहित सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा गाभ्ने गाभिने सम्बन्धी विषेश प्रस्ताव पारित गर्नेछ । दुई कम्पनी गाभिए पश्चात बन्ने कम्पनीको नाम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी बन्नेछ ।

 


वि.सं.२०७९ पुस ८ शुक्रवार १२:५८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...