back
NMB ad

रोकिएन उत्तर कोरियाको आणविक मोह, छोटो दुरीका दुई ब्यालिस्टिक मिसाइल प्रहार

Kumari bank ad

एजेन्सी,  प्योङयाङ ।  उत्तर कोरियाले दुई वटा छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको सियोलको सेनाले भनेको छ । उत्तरले एक वर्षदेखि शृंखलाबद्ध ढंगले हतियार परीक्षण गरिरहेको छ ।

गत महिना सबैभन्दा उन्नत अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल प्रक्षेपणसहित प्योङयाङले गत हप्ता नयाँ रकेट इन्जिनको परीक्षण गरेको थियो । अन्तरिक्षबाट तस्बिर लिन यस हप्ता नयाँ क्षमताहरू विकास गरेको छ उत्तरले दाबी गरेको छ ।

‘हाम्रो सेनाले प्योङयाङको सुनान क्षेत्रबाट उत्तर कोरियाले पूर्वी सागरमा प्रक्षेपण गरेका दुई छोटो दुरीका ब्यालेस्टिक मिसाइलहरू देखेको छ‘ दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले भने ।

प्योङयाङले आफ्नो सातौं आणविक परीक्षण गर्ने तयारी गरिरहेको भन्दै अमेरिका र दक्षिण कोरियाले महिनौंदेखि चेतावनी दिँदै आएका छन् । दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफका अनुसार दुवै देशले मंगलबार संयुक्त हवाई अभ्यास गरेका थिए र कोरियाली प्रायद्वीपमा अमेरिकी बी ५२ एच रणनीतिक बमवर्षक तैनाथ गरेका थिए ।

लामो दूरीको भारी बमवर्षक एक अभ्यासको एक अंश  थियो जसमा एफ २२ र एफ ३५  लडाकुविमानसहित सहित अमेरिका र दक्षिण कोरियाको सबैभन्दा उन्नत जेटहरू समावेश थिए ।
पछिल्लो प्रक्षेपण ह्वाइट हाउसले प्योङयाङले रुसी निजी सैन्य समूह वाग्नरलाई हतियार पुर्याएको बताएको केही घण्टापछि आएको हो ।

वि.सं.२०७९ पुस ९ शनिवार ०७:३४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ जेठ १३ आइतवार १५:२०

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

घटेको बजारमा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १३ आइतवार १५:१३

काठमाडौं ।साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

पूर्वाधारको पर्खाइमा कोरला नाका   

पूर्वाधारको पर्खाइमा कोरला नाका   

वि.सं.२०८१ जेठ १३ आइतवार १४:३०

म्याग्दी, १३ जेठ : उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको...

प्रभु बैंक र  फार्म हाउस होटलबीच विशेष छुट सम्झौता

प्रभु बैंक र फार्म हाउस होटलबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १३ आइतवार १४:१६

पोखरा । आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी...

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने  

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने  

वि.सं.२०८१ जेठ १३ आइतवार १३:५९

काठमाडौँ, १३ जेठ : नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को...