back
NMB ad

प्रजातन्त्र सेनानी चित्रकारको पुण्य तिथिमा ह्वील चियर र स्टेचर हस्तान्तरण

Kumari bank ad

काठमाडौं । प्रजातन्त्र सेनानी स्व। कमल चित्रकारको १३ औं दिनको पुण्य तिथिका अबसरमा ह्वील चेयर र स्टेचर हस्तान्तरण गरिएको छ । तेह्रौं पुण्य तिथीका अबसरमा आयोजित श्रद्धाञ्जली सभाको अवसरमा ह्वील चियर र स्टेचर हस्तान्तरण गरिएको हो ।

प्रदिप्त पुस्तकालयका संरक्षक तेजबहादुर चित्रकार अध्यक्षतामा शनिबार सम्पन्न श्रद्धाञ्जलीसभामा मछिन्द्र क्लबका अध्यक्ष सुनिल कपालीलाई ह्वील चेयर हस्तान्तरण गरिएको हो ।

काठमाडौं मासँगल्ली २५ वडास्थित प्रदिप्त पुस्तकालयको भवनमा भएको श्रद्धाञ्जली सभामा काठमाडौं क्षेत्र नम्वर ८ का सांसद विराजभक्त श्रेष्ठले स्वर्गिय चित्रकारले सामाजिक कार्य र सांस्कृतिक सम्पदाको संरक्षणमा पर्याउनु भएको योगदानको खुलेर प्रसंसा गरेका थिए । चित्रकारको राजनीतिक बाटोलाई पछ्याउँदै आफू यहाँसम्म आउन सफल भएको संसाद श्रेष्ठले सभामा सुनाए ।
त्यसै गरी नेपाली कांग्रेस काठमाडौं महानगर समितिका सभापति निलकाजी शाक्यले समाजसेवी चित्रकारलाई गुमाउँदा समाजलाई ठूलो क्षती पुगेको बताए ।

काठमाडौंको इन्द्रचोक बहालमा सानो गल्ली त्यसैमाथि सामान किन्नेको भिडले एम्बुलेन्स सजिलै आउन नसक्नेभएपछि विरामीहरुलाई ह्वील चेयर र स्टेचरमा राखेर सजिलैसँगै छिटो अस्पताल पुर्याई उपचार होस् भन्ने हेतुले सहयोग गरिएको परिवारले जनाएका छन् ।

श्रद्धाञ्जली सभामा कामनापा वडा नं. २५ का अध्यक्ष राजेश डंगोल, प्रजातन्त्र सेनाली संघका अध्यक्ष उत्तमलाल श्रेष्ठलगायत कार्यकर्ताहरुको सहभागिता थियो । सभामा उपस्थित सवैले स्वर्गिय चित्रकारको तस्विर सामू पुष्प गुच्छ अर्पण गरेका थिए ।

चित्रकारको मंसिर २६ गते निधन भएको थियो । चित्रकार प्रदिप्त पुस्तकालयका भूपू अध्यक्ष तथा वर्तमान संरक्षक समेत थिए । उनी महानगरपालिकाको पूर्वप्रधान पञ्च समेत हुन् । चित्रकारले मुलुकको प्रजातान्त्रिक आन्दोलन र सामाजिक रुपान्तरणमा योगदान पुर्याएका छन् ।

वि.सं.२०७९ पुस १० आइतवार ११:०२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...