back
NMB ad

व्याजदर घटाई समयावधि बढाउन उद्योगी व्यवसायीको माग

Kumari bank ad

मोहम्मद हबिब,भैरहवा । रुपन्देहीका उद्योगी व्यवसयाी आन्दोलित बनेका छन् । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर, बैंकिङ नीतिको बिरोधमा उनीहरुले भैरहवा स्थित राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदरविरुद्ध ब्यवसायीको छाता संगठनले अगुवाई गरी धर्ना दिएका हुन् । उद्योगी व्यवसायी बैंकको ज्यादतिका कारण प्रभावित भई उद्योगी व्यवसायी पलायन हुने अवस्था आएको छ । रुपन्देहीका दर्जनबढी संस्थाको अगुवाइमा शान्तिपूर्ण विरोध र्‍यालीसहित नेपाल राष्ट्र बैंक सिद्धार्थनगरमा धर्ना दिएको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भिष्म न्यौपानेले बताए ।

संघको परिसरबाट सुरु भएको विरोध र्‍याली विद्रोही चोक, मिलनचोक, बैंक रोड हुदै राष्ट्र बैंक कार्यालय अगाडि धर्नामा परिणत भएको थियो । विभिन्न माग सहित नारावाजी गर्दै आन्दोलनमा उत्रिएका उद्योगी ब्यवसायीले राष्ट्र बैंक कार्यालय भैरहवाको मुल गेटमा धर्ना दिइ सभामा परिणत भएको थियो ।

राष्ट्र बैंकले अब्यवहारिक खालको ‘चालु कर्जा मार्ग निर्देशन–२०७९’ कात्तिक १ गतेदेखी लागु हुने गरी जारी गरेको छ, यसबाट ब्यवसायी आतंकित हुने परिस्थिती आएको छ । ब्यापार, ब्यवसायमा गिरावट आएको बेला नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउँदा उद्योगी, ब्यवसायी मर्कामा परेको भन्दै व्यवसायीले चरणबद्ध आन्दोलन गर्न बाध्य भएका हुन् ।

कोरोनाका कारण समस्यामा परेका उद्योगी व्यवसायी चर्को बैंक ब्याजदरले थप समस्यामा परेको चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)का अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । ‘हामीले रहरले होइन बाध्यताले आन्दोलनमा उत्रेका छौं, हाम्रो मागहरु पुरा नभएसम्म आन्दोलनको कायृक्रम निरन्तर रहने छन्,’ उनले भने।

आन्दोलनको कार्यक्रम गरे पनि राज्यले सुनेको छैन । माग पुरा नभएसम्म चरणबद्ध रुपमा उद्योग बन्द गरी आन्दोलन जानरी राख्ने बताए ।

वि.सं.२०७९ पुस १२ मंगलवार १८:४६ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...