back
NMB ad

अर्थमन्त्रीको आश्वासनपछि निजी क्षेत्रको आन्दोलन स्थगित

Kumari bank ad

काठमाडौं । आन्दोलनलाई निरन्तर दिने निर्णयबाट निजी क्षेत्र पछि हटेको छ । ब्याजदर कम गर्नुपर्ने र चालू पुँजी कर्जा कार्यविधि कम्तीमा दुई वर्षको लागि स्थगित गर्नुपर्ने माग राख्दै देशैभर आन्दोलन गरिरहेको निजी क्षेत्र बुधबार अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा माग सम्बोधन गर्ने आश्वासन पाएपछि पछि हटेको हो ।

मंगलबार बधाई दिन पुगेका निजी क्षेत्रका प्रतिनिधिसँग अर्थमन्त्री पौडेलले बुधबार आन्दोलनरत उद्योगी व्यवसायीसँग पुनः भेट गरेका थिए । भेटका क्रममा अर्थमन्त्री पौडेलले सबै माग चाँडोभन्दा चाँडो सम्बोधन गर्ने आश्वासन दिएको उद्योग वाणिज्य महासंघले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार ५ बजे आकस्मिक पत्रकार सम्मेलन गरी आन्दोलन स्थगित गरिने जानकारी दिएको छ । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको वार्ता टोलीको नेतृत्व भने पूर्वअध्यक्ष भवानी राणाले गरेकी थिइन् । अर्थमन्त्री पौडेलले विज्ञ टोलीसँग छलफल गरेर उद्योगी व्यवसायीहरुको मागको सम्बोधन हुने प्रतिवद्धता जनाएकोले आफूहरुले आन्दोलनलाई स्थागित गरेको महासंघले जनाएको छ ।

अर्थमन्त्रीले अहिलेको अर्थतन्त्रमा देखिएको समस्या समाधानका बारेमा विज्ञहरुसँग छलफल गरेपछि उद्योगी व्यवसायीलाई समेत राखेर मात्रै निर्णय गर्ने बताएका थिए। बुधबार भएको छलफलमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समेत सहभागी थिए ।

वि.सं.२०७९ पुस १३ बुधवार १८:४४ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...