काठमाडौं । यति बेला पाँच कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।
यो समाचार तयार गर्ने बेलासम्म श्रीजनसील लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट अर्थात १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७६ रुपैयाँ ५० पैसाले वृद्धि भई १ हजार ९४१ रुपैयाँ ६० पैसा कायम भएको छ ।
यस्तै, यति बेला धौलागिरी लघुवित्तको सेयर मूल्य पनि ९.९९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०४ रुपैंया ५० पैसाले बढेर १ हजार १५० रुपैयाँ २० पैसा कायम भएको छ ।
यो समाचार तयार गर्ने बेलासम्म प्रभु लाइफ इन्स्योेरेन्सको सेयर मूल्य मूल्य ९.९८ प्रतिशत, अजोड इन्स्योरेन्स ९.९८ प्रतिशत, खप्टड लघुवित्तको ८.२३ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०७९ पुस १७ आइतवार १३:२९ मा प्रकाशित