back
NMB ad

आइएमई पे एप अब नेपाली भाषामा

Kumari bank ad

काठमाडौँ । अबदेखि आइएमई पे एप नेपाली भाषामा पनि अध्यावधिक हुनेछ ।

बैंकिङ् पहुँच नपुगेका ठाउँमा पनि नेपाली जनताहरुलाई आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको आइएमई पेले कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट बन्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ यो विशेष सेवा थप गरेको हो ।

यो सँगसँगै भाषाको छनोट गर्न मिल्ने एक अर्को सुविधा पनि आइएमई पे एपमा थपिने भएको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा आम सेवाग्राहीहरूका लागि सार्वजनिक गरिएको यस फिचरको लागि प्रयोगकर्ताहरुले सर्वप्रथम प्लेस्टोर वा एपस्टोरमा गएर आइएमई पे एप छ भने एप अपडेट र छैन भने डाउनलोड गर्नुपर्ने हुन्छ । पुरानो प्रयोगकर्ताहरुले एप अपडेट भएपछि एप भित्र आफ्नो प्रोफाइलमा गइ दाँयापट्टि रहेको इन संकेतबाट नेपाली भाषा रोज्न सक्नुहुन्छ । नयाँ प्रयोगकर्ताहरुले एप डाउनलोड गरे लगत्तै सो फिचर प्राप्त गर्न सक्नुहुन्छ ।

यस पश्चात प्रयोगकर्ताहरुले आफुलाई सहज लाग्ने भाषा प्रयोग गरेर आइएमई पे मार्फत कुनैपनि डिजिटल भुक्तानी गर्न सक्नुहुन्छ । विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्न, केवल मोबाईल नम्बर प्रयोग गरी पैसा पठाउन, कुनैपनि सेवा वा सुविधाको भुक्तानी गर्नको साथै प्रयोगकर्ताहरुले एपमा रहेको रकममा ७.१३% ब्याज कमाउन सकिने जस्ता नवीनतम सेवा सुविधाहरू आइएमई पे एपमा उपलब्ध छन् ।

वि.सं.२०७९ पुस १७ आइतवार १४:१३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...