back
NMB ad

प्रधानमन्त्री प्रचण्ड भन्छन्- पोखरामा एयरपोर्ट बनाउन चीनसँग धेरैपटक कुरा गरें

Kumari bank ad

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आफूले चीनसँग धेरैपटक पहल गरेको बताएका छन् । पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलकाे उद्घाटन गर्दै उनले भूमिगत राजनीतिबाट सार्वजनिक भएसँगै पोखराको विमानस्थल निर्माणमा पहल गरेको दावी गरे ।

‘शान्ति सम्झौतामा आएदेखि नै लगातार यो विमानस्थल निर्माणका लागि संवाद गर्दै आएको थिएँ । निर्माणका लागि भएका आन्दोलन र अनसन र त्यसलाई तोड्न भूमिका खेलेको छु । सबैका सपना आज पूरा भएको छ,’ उनले भने, ‘आजको जमानामा आवश्यक पर्ने भनेकै कनेक्टिभिटी हो । हाम्रो लागि हवाई कनेक्टिभिटी प्रमुख विषय हो । यसका लागि मैले पटकपटक चिनियाँ दूतावास र चीन सरकारसँग कुरा गरेको छु । चीन भ्रमणमा जाँदा तत्कालीन महासचिव हु जिन्ताओ र हालका महासचिव सि चिन फिङसँग प्रत्यक्ष कुरा गरेको थिएँ ।’

उनले अब कुरा नगरी काममा लाग्ने दोहोर्याए । ‘मैले अहिले गण्डकी प्रदेशकै प्रतिनिधिको रुपमा प्रधानमन्त्री बनेको छु । सामाजिक न्याय, सुशासन र विकासका लागि काम गर्ने प्रतिबद्दता जनाएको छु,’ उनले भने, ‘मैले बाँकी जीवन यही कामका लागि व्यतित गर्नेछु । छिट्टै निजगढ विमानस्थल निर्माणको प्रक्रिया थाल्ने विश्वास व्यक्त गर्दछु ।’ उनले चीनतर्फको नाका खोल्न र रेलमार्ग अध्ययन छिटो सक्न चीन सरकारसँग आग्रह पनि गरे ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भ्रष्टाचारको डंगुरलाई सफा गर्दै समाजवादको यात्रामा अघि बढ्ने बताए । राजनीतिक स्थायित्व, सुशासन र विकासमा एकजुट रहेको र यसमा कसैले रोकन नसक्ने उनले बताए । ‘अर्थतन्त्रमा समस्या छन्, तर समाधान काबु बाहिर छैन,’ उनले भने, ‘अर्थतन्त्रलाई लयमा फर्काउने छौं ।’ उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण समय सञ्चालनका लागि सहयोग गर्ने वचनबद्दता ब्यक्त गरे ।

वि.सं.२०७९ पुस १७ आइतवार १६:२६ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...