back
NMB ad

आइएमई जनरल इन्स्योरेन्सको लाभांश संशोधन, बोलायो साधारण सभा

Kumari bank ad

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्तावसहित माघ ९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

इन्स्योरेन्सको पुस १७ गते बसेको सञ्चालको समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो । सभा होटल लि हिमालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

बीमा प्राधिकरणको निर्देशन अनुसार लाभांश संशोधन गरी ६ प्रतिशत बोनस र ०.३२ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि दिने प्रस्ताव गरेको छ ।

यसअघि कम्पनीले ६.५० प्रतिशत बोनस सेयर र ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गेरपनि साधारण सभामा भने संशोधित प्रस्ताव पेश गर्न लागेको हो ।

साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । प्रबन्धपत्र तथा नियमावलि संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने भएको छ यसकारण पुस २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

वि.सं.२०७९ पुस १८ सोमवार १२:३१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...