back
NMB ad

छुटाउनुहोला है, आठ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको लाभांश कति ?

Kumari bank ad

काठमाडौं । आठ कम्पनीको लाभांश छुरक्षित गर्ने आज अर्थात पुस १९ गते अन्तिम दिन रहेको छ । साधना लुघवित्त, मिर्मिरे लघुवित्त, गुराँस लघुवित्त, शिवम् सिमेन्ट्स, हिमालयन डिष्टिलरी, मुक्तिनाथ विकास बैंक, बोटलर्स नेपाल (तराई) लिमिटेड र बोटलर्स नेपाल (बालाजु) लिमिटेडले लाभांश प्रयोजनार्थ भोली अर्थात पुस २० गते बुकक्लोज गर्ने भएसँगै यी कम्पनीहरुको आज लाभांश पाउन आज १९ गते नै सेयरधनी बनिसक्नु पर्नेछ ।

साधना लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न संस्थाले पुष ३० गते छैठौं साधारण सभा बोलाएको छ ।

मिर्मिरे लुघवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाइ २३ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारितका लागि संस्थाले यहि पुस ३० गते १२औं सभा आह्वान गरेको छ ।

गुँरास लुघवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । संस्थाले पुष ३० गते सातौं वार्षिक साधारण सभा बोलाएको छ ।

शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष को मुनाफाबाट शेयरधनीहरुलाई १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्ताव पारित गर्न कम्पनीले यहि पुस २९ गते होटल सातौं साधारण सभा बोलाएको छ ।

हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही लाभांश पारित गर्न कम्पनीले पुस २७ २२औं सभा डाकेको छ ।

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही प्रस्ताव पारित गर्न बैंकले पुस ३० गते १६औं साधारण सभा बोलाएको छ ।

बोटलर्स नेपाल (तराई)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रति शेयर ६० रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २७ गते ३६औं साधारण सभा डाकेको छ ।

बोटलर्स नेपाल (बालाजु)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिशेयर २० रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २७ गते गते ४४औं साधारण सभा बोलाएको छ ।

वि.सं.२०७९ पुस १९ मंगलवार ०७:१३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...