back
NMB ad

सिद्धारा घटना : ढुंगा र हँसियाले हानेर हत्या, लतार्दै खोल्सामा लगेर गहना लुटपाट

Kumari bank ad

हरिप्रसाद भुसाल, अर्घाखाँची ।  अर्घाखाँचीको शीतगंगा नगरपालिका-१० सिद्धारा बोखरमा एक ६० वर्षीया महिलाको हत्या भएको छ । आइतबार बिहान स्थानीय राधा थापाको हत्या भएको हो ।

घर नजिकैको खोल्सीमा बिहान करिब १० बजेतिर थापाको शव फेला परेको थियाे । टाउकोमा गम्भीर चोट लागेकाे देखिएकाले थापाको हत्या भएको हो प्रहरीले जनाएकाे छ ।थापाको घटनाको जानकारी पाउनासाथ उद्धार र अनुसन्धानमा खटिएको प्रहरीले घटना भएको १२ घण्टाभित्रै अभियुक्त पक्राउ गरेको छ । लुकेर भात जाँदै गरेका भारतीय नागरिक सुशान्त सिंहलाई प्रहरीले शीतगंगा-११ को जंगलबाट नियन्त्रणमा लिएको हो ।

६० वर्षीया राधा थापा हरेक दिनजस्तो आइतवार बिहान पनि छिमेकीको घरमा दूध लिन निस्किइन् । घरबाट दूध लिन निस्किएकी थापा छिमेकीको घरमा नपुग्दै अपराधीको निसानामा परिन् । भारतको गुडगाँव घर भई  हाल अर्घाखाँची शीतगंगा नगरपालिका-१० स्थित बोखोरकी शिवकला परियारसँग विवाह गरेका सुशान्त सिंहले गहना लुटपाटकै लागि महिलाको हत्या गरेकाे प्रहरीले जनाएकाे छ । अघिल्लो दिन साँझ नै चन्द्रौटा डेराबाट ससुराली घरमा आएका सिंहले राति कोही नभएको ससुराली घरमै रात बिताएकाे र अर्को दिन बिहान साढे ५ बजेदेखि बाटोमा कुरेर करिब ८ बजेको आसपासमा हत्या गरेको स्वीकार गरेका छन् ।

दूध लिन जाँदै गर्दा बाटोमा ढुकेर बसेका सिंहले पछाडिबाट ढुंगा र हँसियाले हानी थापाको हत्या गरेपछि लतार्दै बाटोदेखि करिब १५ मिटर तल जंगलको झाडी खोल्सोमा लगेर उनले लगाएको सुनका गरगहना लुटपाट गरेको प्रहरीलाई बयान दिएका छन् । आरोपी सिंहलाइ जिल्ला अदालतबाट साेमबार सात दिनको म्याद लिएर अर्घाखाँची प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

थापाको हत्या गरी गहना लुटपाट गरेर जंगलको बाटो भाग्दै गरेका सिंहलाई इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोलीले साेमबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका सिंहले ससुराली आएको वेलामा थापाले गहना लगाएको देखेको र त्यही गहना लुटपाट गर्ने योजनाका साथ हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले जानकारी दिए ।

वि.सं.२०७९ पुस १९ मंगलवार १३:०६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:५०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम,...

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:२८

काठमाडौँ, २५ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा...

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:१५

चौतारा (सिन्धुपाल्चोक), २५ वैशाख : सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग...