काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज पुस २० गते बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
साधारण सभा र लाभांश प्रयोजनको लागि कम्पनीले भोली पुस २१ गते बुक क्लोज गर्दैछ । यसकारण, आजसम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
यस हाइड्रोपावरले उक्त लाभांश पारित गर्न पुस ३० गते साधारण सभा डाकेको छ ।
वि.सं.२०७९ पुस २० बुधवार १०:३६ मा प्रकाशित