काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा डिप्रोस लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ ।
कम्पनीको २० प्रतिशत बोनस बापतको २३ लाख १२ हजार ४९७ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सूचिकृत भएको उक्त सेयर लगानीकर्ताले अब दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।
वि.सं.२०७९ पुस २० बुधवार १४:४३ मा प्रकाशित