back
NMB ad

एउटै पालिकाबाट ६ जना संसद, देशकै नमुना पालिका बन्ने अपेक्षा 

Kumari bank ad

विशाल बस्नेत,महोत्तरी । महोत्तरीको मनरा शिसवा नगरपालिकाको यतिबेला निकै चर्चामा छ । पालिकाबाट ६ जना संसद निर्वाचित भएपछि यहाँको चर्चा चुलिएको हो । पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिकबाट ६ जना सांसदमा निर्वाचित भएपछि मनरा शिसवा चर्चामा रहेको हो ।

निर्वाचित हुनेहरुमा ४ जना महिला र दुई पुरुष छन । एउटै पालिकाबाट ६ जना सासंद निर्वाचित भएपछि पालिकाकै विकास र समृद्धि हुने जनताको अपेक्षा र विश्वास बढेको छ । ६ जना सांसद पाएको मनरा शिसवा नमुना नगरपालिका हुने धेरैले आशा राखेका छन् ।

‘मनरा सिशवाका जनताको सर्वाङ्गीण विकाशमा हाम्रा ६ जना सांसदले अविस्मरणीय,  उदाहरणीय प्रतिनिधित्व गर्नु हुनेमा हामी विश्वस्त छौँ,’ नगरप्रमुख मोहन पाण्डेले भने, ‘६ संसदका कारण हाम्रो पालिका देशकै नमुना पालिका बन्नेमा ढुक्क पनि छु ।’

मनरा शिसवा–८ सहसरामकी लोसपा कि नेतृ रानी कुमारी तिवारी र वडा नं ७ सरपल्लोका जसपाका नेता सरोजकुमार सिंह प्रत्यक्षतबाट निर्वाचित भएका थिए  ।

लोसपाबाट समानुपातिकमा एक जना सांसद थपिएका छन् छ भने सिके राउतले नेतृत्व गरेको जनमत पाटी र नेपाली कांग्रेसले समेत यसै पालिकाबाट समानुपातिक सासंद दिएका छन् ।

पालिकाको  वडा नं ६ सरपल्लोकी रमिता प्रधान,  वडा नं ६ सरपल्लोकै अनिता साह,  वडा नं ८ सहसरामका चन्दन सिंह र सहसरामबाटै अञ्जना पण्डितलाई पार्टीले समानुपातिकमा निर्वाचित गरेको हो ।

प्रत्यक्ष र समानुपातिक गरी महोत्तरीमा प्रदेशसभामा मात्र १३ जना सासंद छन । संघको प्रतिनिधिसभामा ६ जना सासंद छन । मोहत्तरीबाट चारजना प्रत्यक्षतर्फ र दुई जना समानुपातिक गरि ६ जना प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका हुन् । उनीहरु सबै मनरा शिसवाका हुन् ।

प्रत्यक्ष तर्फ नेकपा एमालेबाट निर्वाचित क्षेत्र न.१ मा लक्ष्मी महतो कोइरी, क्षेत्र न.२ मा लोसपाबाट शरदसिंह भण्डारी, क्षेत्र न.३ बाट कांग्रेसका महेन्द्र राय यादव र क्षेत्र न.४ बाट लोसपाका महन्थ ठाकुर छन् भने समानुपातिक तर्फ जनमतबाट गोमा लाभ सापकोटा, कांग्रेसबाट संगीता मण्डल धानुक छन ।
योसँगै प्रदेश र प्रतिनिधिसभामा महोत्तरीबाट १९ जनाले सांसदले प्रतिनिधित्व जनाउने भएका छन् ।

वि.सं.२०७९ पुस २२ शुक्रवार १७:२० मा प्रकाशित

You can share this post!

एक लघुवित्तको २ लाख १३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

एक लघुवित्तको २ लाख १३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार ११:१९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार एक कम्पनीको बोनस...

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता   

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता   

वि.सं.२०८१ जेठ ७ सोमवार ११:१०

चन्द्रप्रसाद ढकाल    काठमाडौँ, ७ जेठ : औद्योगिक उत्पादनमा कमी र...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कति बढ्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार ११:०३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:३२

विराटनगर, ७ जेठ: कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र...

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:०८

रमेश लम्साल    काठमाडौँ, ७ जेठः सरकारी स्वामित्वको विद्युत् उत्पादन...

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...