back

पर्सामा कक्षामा सधैँ प्रथम भएको रिसमा आफ्नै साथीको अपहरण

काठमाडौं । पर्सामा आफ्नै साथीलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जना बालकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्ने १६ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा उनकै साथीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।

आफ्नो घरको आँगनमै रहेका १६ वर्षका बालकलाई सँगै पढ्ने अरू चार जनाले कम्बलले छोपी मुखमा कपडा कोचेर केही पर लगी दुवै हातखुट्टा समेत बाँधेको अवस्थामा भेटेर उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

अपहरणमा परेका बालक कक्षामा सधैँ प्रथम हुने गरेकाले उनको निकटतम प्रतिस्पर्धी विद्यार्थीले रिसका कारण अपहरण गरी बन्धक बनाएको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बालकलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमतिसमेत दिएको छ । उनीहरूलाई महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

वि.सं.२०७९ पुस २४ आइतवार २०:२६ मा प्रकाशित

You can share this post!

बुबाको हत्या गरेको आरोपमा एकजना पक्राउ

बुबाको हत्या गरेको आरोपमा एकजना पक्राउ

वि.सं.२०७९ माघ २० शुक्रवार १२:२०

रौतहट । आफ्नै बुबाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका...

सन्दिप विरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनवाई

सन्दिप विरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनवाई

वि.सं.२०७९ माघ २० शुक्रवार ०७:५८

काठमाडौं । नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने बिरुद्ध सर्वोच्च...

नेपाल प्रहरीका १५० डीएसपीको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका १५० डीएसपीको सरुवा (सूचीसहित)

वि.सं.२०७९ माघ १९ बिहीवार १९:३१

काठमाडौं । नेपाल प्रहरीका १५० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)...

नेपाल प्रहरीका ९५ प्रहरी उपरीक्षकको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ९५ प्रहरी उपरीक्षकको सरुवा (सूचीसहित)

वि.सं.२०७९ माघ १९ बिहीवार १९:१४

काठमाडौं । नेपाल प्रहरीका ९५ प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको...

चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित दुई जना पक्राउ

चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित दुई जना पक्राउ

वि.सं.२०७९ माघ १९ बिहीवार १५:४३

सुनसरी,। इटहरी उपमहानगरपालिका-१२ खनारबाट १ थान चाइनीज पेस्तोल र सोही...

आजको मौसम: कर्णाली र लुम्बिनीको आंशिक फेरबदल हुने

आजको मौसम: कर्णाली र लुम्बिनीको आंशिक फेरबदल हुने

वि.सं.२०७९ माघ १९ बिहीवार ०८:५५

काठमाडौं । देशैभरी आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया...