back
NMB ad

जग्गा भाडामा लिएर कृषिबाली लगाउनेले नै कृषि बीमा दाबी भुक्तानी पाउने व्यवस्था गर्न आग्रह

Kumari bank ad

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा यही पुस २४ गते आइतबार पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरुले जग्गाधनी एक व्यक्ति र जग्गा भाडामा लिएर खेती गर्ने अर्को व्यक्ति भएको अवस्थामा कृषि बीमा दाबी जग्गाधनीले नभई कृषिबाली लगाउने व्यक्तिले नै पाउने व्यवस्था गर्न, सरकारी निकायमा धानको बीऊ सूचिकृत नभएको सोना मनसुली धानको पनि बीमा गर्न पाउने व्यवस्था गर्न, कृषि प्राविधिकहरु सहजरुपमा उपलब्ध हुने व्यवस्था गर्न र कृषहरुलाई गाउँ गाउँमा नै बीमा सम्बन्धी जानकारी दिने व्यवस्था गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले गाउँ गाउँमा गएर सबैलाई बीमाका बारेमा जानकारी दिने दायित्व निर्वाचित जनप्रतिनिधिहरुको भएको उल्लेख गर्नुहुँदै बीमा गरेपछि हानी नोक्सानी भएमा बीमा कम्पनीबाट क्षतिपूर्ति प्राप्त हुने र त्यसबाट आर्थिक अभाव पूरा गर्न सहयोग पुग्ने भएकाले सबैलाई बीमा गर्न आग्रह गर्नुभयो ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमाको दायरा विस्तारका लागि बीमा सम्बन्धी कार्यक्रम तर्जूमा र बीमा सचेतनामूलक कार्यक्रम संचालनमा गाउँपालिकालाई आवश्यक सहयोग गर्न प्राधिकरण तयार रहेको बताउनुभयो ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेले कार्यक्रम संचालन र सहायक निर्देशक अनिश तिमिल्सिनाले स्वागत गर्नुभएको कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य तथा कर्मचारी, बीमा कम्पनीका शाखा कार्यालय र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, महिला समूहका पदाधिकारी, कृषक लगायत गरी करिव ८० जनाको सहभागिता रहेको थियो ।

वि.सं.२०७९ पुस २५ सोमवार १३:३१ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...