back
NMB ad

थप आठ कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

Kumari bank ad

काठमाडौं । लाभांशको सिजन चलिरहेको छ । कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । यसै बीच आज पुस २८ गते बिहीबार थप चार लघुवित्तसहित आठ  कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स
हिमालयन एभरेष्ट इन्स्योरेन्सको पुस २६ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूंजी रु.२,२३,९९,३६,७०० को २.७५ प्रतिशतले हुन आउने रु.६,१५,९८,३०० बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.१४ प्रतिशतले हुन आउने रु.३२,४२,०१६ नगद लाभांस गरि कुल २.८९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल बीमा प्राधिकरणले स्विकृती भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

तारागाउँ रिजेन्सी होटल्स
तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने भएको हो ।

होटल्सको सञ्चालक समिति पुस २६ गते बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश तारागाउँको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

एनएमबि लघुवित्त
एनएमबि लघुवित्तको पुस २७ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ६५ करोड ५८ लाख ६२ हजार रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

स्वाबलम्बन लघुवित्त
स्वाबलम्बन लघुवित्तको पुस २७ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट बितरण गर्ने हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ६.०५ प्रतिशत नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड २१ लाख रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

स्वरोजगार लघुवित्त
स्वरोजगार लघुवित्तको पुस २७ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट बितरण गर्ने हाल कायम चुक्ता पुँजीको २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १.१५७९ प्रतिशत नगद लाभांश गरि कुल २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

अब उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

छिमेक लघुवित्त
छिमेक लघुवित्तको पुस २७ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३.२६ प्रतिशत नगद लाभांश गरि कुल २५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीमा बितरण हुने छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक
कर्पोरेट डेभलपमेन्ट बैंकको पुस २६ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

बैंकले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन
साल्ट ट्रेडिङ कर्पोरेशनको पुस २८ गते बिहिबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

वि.सं.२०७९ पुस २८ बिहीवार १७:५३ मा प्रकाशित

You can share this post!

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:०५

फुङ्लिङ (ताप्लेजुङ), ३ जेठ: मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा...

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...