back

पहिलो पटक सडकको अवस्था बुझन सडक डिभिजनको टोली उपल्लो डोल्पा

हेमन्त केसी

सुर्खेत । भेरी करिडोरभित्र रहेको जाजरकोट दुनै, मरिम तिन्जे धो, लासीक्याप सडक खण्डको काममा गुणस्तर हेर्न सडक डिभिजन चौरजहारीको टिम खटिएको छ ।

यस खण्डको सडकको समाचार प्रकाशित भएपछि डिभिजन प्रमुख आँसुतोष कर्णसहितको टोली स्थलगत अनुगमणमा डोल्पा पुगेको हो । ११८ किलामिटर जाजरकोटबाट दुनै सम्मा सडक भेरी करिडोरभित्र पर्छ । मोरिम्ला नाकादेखि धोसम्मको ६५ किलोमिटर  सडक रहेको छ ।

मोरिम्ला नाकादेखि धोसम्मको ६५ किलोमिटर सडक निर्माणको ट्याक ओपनको काम भइसकेको छ । दुनै–ल्यासिक्याप ५५ किलोमिटर रहेको छ । डोल्पाको सदरमुकाम दुनैबाट–ल्यासीक्याप सडकखण्डको निर्माण कार्यसमेत सडक डिभिजन चौरजहारीमार्फत नै भइरहेको छ ।

यो सडक खण्डमा कामको सम्झौता गरेपनि १० महिनादेखि निर्माण व्यवसायीले काम नगरेको भन्दै आलोचना भएपछि सडक डिभिजनको टोली डोल्पा पुगेको हो । २०७८ चैतमा  सूर्या श्रेया शान्तिदेबी जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।  यस आयोजनाको कुल लागत १३ करोड ४१ लाख भएको कार्यालयले जनाएको छ। दुनै–ल्यासीक्याप सडकखण्ड  काइके गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका हुँदै चीनसँगको सीमामा पर्ने मोरिम्ला नाका पुग्न सकिन्छ।

अहिले जाजरकोटको भेरी नगरपालिका –४ पासागाडबाट नलगाड नगरपालिका–१२ को तल्लु सम्मा सडक स्तरोन्नती ९पिच० को लागि ठेक्का भएर यति बिल्ड्रसले काम गरिरहेको छ । यो त्रिदेशीय सडक समेत रहेको छ । कर्णाली प्रदेशको हुँदै लम्बिनी प्रदेशको नेपालगन्ज जमुनाह नाँका समेत जोड्ने गर्दछ  । भेरी करिडोर निर्माण भएमा भारतको रोपैडियाबाट  चिनको तिब्बतसँग यसको सिधा सडक जोडिने छ ।

जाजरकोटदेखि दुनै सम्मा अस्थायी ट्याक नेपाली सेनाले सडक निर्माण गरेको हो । अहिले स्तरोन्नतीको काम सडक डिभिजन चौरजहारीले गरीरहेको छ । रणनीतिक सडक भएकाले कामलाई गती दिन अनुगमणको पाटोलाई कडाइका साथ लिइएको सडक डिभिजन चौरजहारीका प्रमुख आँसुतोष कर्णले बताए ।

चौरजहारीबाट दुनै सम्मा कार्यालयको गाडीमा पुगेको कर्णको टोलीले माथिल्लो डोल्पामा पैदल यात्रा गरेर सडकको अवस्था र कामको प्रगती हेर्न लागेको हो । त्यस्तै भेरी करिडोरमा निर्माणधिण सडकको समेत अनुगमण गरिएको छ । सर्बाधिक समस्यको रूपमा रहेको दुनै देखि लासिक्याप सम्माको सडक निर्माणमा समस्य हुने गरेको छ । हिउँद याममा अत्यधिक चिसोका कारण काम गर्न मुस्किल हुनेगर्छ ।

वि.सं.२०७९ पुस २९ शुक्रवार १८:०९ मा प्रकाशित

You can share this post!

आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन

आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन

वि.सं.२०७९ माघ १७ मंगलवार ०८:२८

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) को अध्यक्षमा सुधीर...

संसारमै पहिलो चोटि २४० वाटको चार्जिङ प्रविधि ल्याउँदै रियलमी

संसारमै पहिलो चोटि २४० वाटको चार्जिङ प्रविधि ल्याउँदै रियलमी

वि.सं.२०७९ माघ १६ सोमवार १३:४२

काठमाडौं । सबैभन्दा बढी विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले आफ्नो आउँदो...

भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा  

भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा  

वि.सं.२०७९ माघ १६ सोमवार १३:१३

सम्झना कार्की, सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न गाउँमा पहिलो...

बैतडी र दार्चुलामा शनिबारदेखि अवरुद्ध फोन र इन्टरनेट सेवा सुचारु

बैतडी र दार्चुलामा शनिबारदेखि अवरुद्ध फोन र इन्टरनेट सेवा सुचारु

वि.सं.२०७९ माघ १५ आइतवार १७:२८

सीपी लोहिया, बैतडी । बैतडीमा एन्टिफाइबर लाइन विस्तार गरिएको तारमाथिबाट...

जुम्ला धावन मार्गको हिउँ पञ्छाए पछि हवाई सेवा सुचारु

जुम्ला धावन मार्गको हिउँ पञ्छाए पछि हवाई सेवा सुचारु

वि.सं.२०७९ माघ १४ शनिवार १३:२४

जुम्ला । जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ  पञ्छाएपछि हवाई सेवा...

दुर्गम खानीगाउँमा टेलिकमको फोरजी सेवा

दुर्गम खानीगाउँमा टेलिकमको फोरजी सेवा

वि.सं.२०७९ माघ ११ बुधवार ११:४२

बागलुङ । जिल्लाको दुर्गम गाउँ खानीमा चौंथो पुस्ताको मोवाईल सेवा...