back
NMB ad

मनाङमा १३५ मेगावाटको जलविद्युत आयोजनाको निर्माण कार्य सुरु

Kumari bank ad

लमजुङ । मनाङ जिल्लामा १३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । सन् २०२० देखि कोरोना महामारीका कारण रोकिएको आयोजनाको काम सुरु गरिएको हो ।

आयोजनाको विकासका लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबीच २०७९ पुस ३ गते सम्झौता भएकाे थियो । पिकिङ रन अफ दी रिभर प्रकृतिको आयोजनाको  काम  ४ वर्षमा पुरा हुने जनाइएको छ। जसबाट वार्षिक ७६६.५९३ गिगावाट आवरमा विद्युत् उत्पादन हुनेछ ।

आयोजनामा नेपाली साझेदार बीपीसीले २० प्रतिशत र तीन चिनियाँ कम्पनी एससीआईजी इन्टरनेसनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्तामा क्यूवाईसी इन्टरनेसनलले संयुक्त रुपमा ८० प्रतिशत शेयर स्वामित्व रहने गरी लगानीकर्ताबीच समझदारी भएको जनाएको छ।

आयोजनामा बुटवल पावर कम्पनीले मात्रै करिब एक अर्ब ३३ करोड रुपैयाँ स्वपूँजी लगानी गर्नेछ। आयोजनाले वार्षिक ७५ करोड नौ लाख ४८ हजार आठ सय ७५ युनिट विद्युत् उत्पादन लक्ष्य लिएको छ। सम्भाव्यता अध्ययनका अनुसार यस आयोजनाको ग्रस हेड चार सय ३० दशमलव २० मिटर र हेडरेस टनेल छ दशमलव शून्य ७५ किलोमिटर रहेको छ ।

आयोजनाको कूल लागत ३३ अर्ब ३८ करोड रुपैयाँमध्ये २० प्रतिशत स्वपूँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ । आयोजना विकास सम्झौता भएसँगै चिनियाँ साझेदारले चिनियाँ बैंकबाट ऋण ल्याउने तयारी थालेको बुटवल पावर कम्पनीका कोअर्डिनेटर प्रतीक महर्जनले बताए।

वि.सं.२०७९ माघ २ सोमवार १५:५९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ १ मंगलवार १५:१३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १४:५४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य...

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:३८

झापा, १ जेठः विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक...

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:०५

काठमाडौँ, १ जेठः चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट...

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

वि.सं.२०८१ जेठ १ मंगलवार १३:५९

काठमाडौँ, १ जेठः नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र...