काठमाडौं । चार दिनपछि खुलेको सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज बजार ३२.७२ अंकले बढेको हो ।
उक्त दिन नेप्से परिसुचक २१८२.११ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार बढ्दा कारोबार रकममा गिरावट आएको छ । उक्त दिन ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार रुपैंया बराबरको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये बैकिङ्ग सूचक बाहेकका सबै सूचक हरियाली छाएको छ।
आज नेप्सेमा सूचिकृत २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर किनबेच भएको छ ।
वि.सं.२०७९ माघ ३ मंगलवार १५:०५ मा प्रकाशित