back
NMB ad

कालिन्चोक दर्शनको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ पहिलो दिनको अपडेट

Kumari bank ad

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडको आइपीओमा ३३ करोड ७० लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार आज माघ ३ गते मंगलबार साँझ ४ बजेसम्ममा २ लाख ८२ हजार २६८ जनाले ३३ लाख ७० हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३.७६ गुणा बढी आवेदन हो ।

कम्पनीले आज (माघ ३ गते) देखि सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आइपीओ जारी गरेको हो । यो मध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।

जसमध्ये ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

यसमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ ।

वि.सं.२०७९ माघ ३ मंगलवार १९:१३ मा प्रकाशित

You can share this post!

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:१६

काठमाडौँ २१ वैशाख: राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...