back
NMB ad

नव नियुक्त श्रम मन्त्रीद्वारा आफु म्यानपावर कम्पनीमा संलग्न नभएको स्पष्टोक्ति

Kumari bank ad

काठमाडौं । नव नियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपि अर्यालले आफु म्यानपावर व्यवसायमा संलग्न नभएको प्रष्ट पारेका छन् । विभिन्न मिडियामा स्वार्थ बाझिने मन्त्रालयमा मन्त्री भन्दै आफ्नो विषयमा समाचार बनेपछि मन्त्री अर्यालले फेसबुकमा स्टाटस लेखेर आफुले कहिल्यै पनि म्यानपावर व्यवसायमा लगानी नगरेको बताए । उनले आफु विभिन्न पेशा व्यवसायमा सानो सानो लगानीमा जोडिएको भएता म्यानपावर भने संलग्न नरहेको बताए ।

उनी लेख्छन् हो, साथीहरुले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौ है भनेर ‘इन्टर्नेशनल मार्केटिङ डाइरेक्टरू’को पद लेखिदिए तर हटाईदिन भुले । तर त्यो वा कुनै म्यानपावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न शेयर न स्यालरी । समाचार बनाउनेहरुले नै भन्दिनुस् न त मेरो कुन म्यानपावरमा कहिले कति शेयर थियो ? मैले कुनै गलत काम गरेर एक पैसापनि आर्जन गरेको छैन। राजनीतिमा संलग्न भए पछि त झन कतै पनि प्रत्यक्ष आवद्ध छैन। वेबसाईटहरु अपडेटेड नहुनुले मेरो संलग्नता प्रमाणित गर्दैन । तैपनि मेरो चुनौती छ, ल भन्नुस म बाट कहिले कुन कुन गैरकानुनी काम भयो ? मन्त्रीका रुपमा काम गर्न जाँदा आफुले जानेकै क्षेत्रमा जाने हो र श्रम रोजगार मन्त्रालय मैले धेर थोर जानेको विषयको मन्त्रालय मध्य एक हो ।

मन्त्री अर्यालले आफु म्यानपावर बाहेक १५ भन्दा बढी व्यावसायमा संलग्न रहेको बताए उनी थप्छन् म कृषि फार्ममा छु, ट्राभल सर्भिसमा छु, सहकारीमा छु, इटा उद्योगमा छु, नेपाली सामानको उत्पादनमा छु, नेपालको पहिलो रेमिटेन्स कम्पनीमा छु, एजुकेश कन्सटेन्सीमा छु, सेक्युरिटी सर्भिसमा छु, ट्रेकिङ सर्भिसमा छु, होटल ब्यवसायमा छु, क्याटरिङ ब्यवसायमा छु, यस्ता थुप्रै क्षेत्रमा छु। गरि खाने मान्छे हुँ, थोरै थोरै धेरैमा छु । तर म्यानपावर कम्पनीमा म कहिले पनि छैन।

मन्त्री समाचार बनाउनेहरुलाई चुनौति दिंदै लेख्छन् भन्दिनुस् न त मेरो कुन म्यानपावरमा कहिले कति शेयर थियो ? मैले कुनै गलत काम गरेर एक पैसापनि आर्जन गरेको छैन। राजनीतिमा संलग्न भए पछि त झन कतै पनि प्रत्यक्ष आवद्ध छैन। मबाट कहिले कुन कुन गैरकानुनी काम भयो ? मन्त्रीका रुपमा काम गर्न जाँदा आफुले जानेकै क्षेत्रमा जाने हो र श्रम रोजगार मन्त्रालय मैले धेर थोर जानेको विषयको मन्त्रालय मध्य एक हो। मबाट पीडित एक जना मात्र भए खडा गरिदिनु होला, मैले कुनै गैर कानुनी काम गरेको भए जानकारी गराउनु होला । म यो पदको मर्यादा र गरिमा जान्दछु । समाचार बनाउनेहरुले पनि आफ्नो पेशाको मर्यादा र गरिमा राखिदिउन् ।

मन्त्री अर्यालले आफ्नो स्टाटसलाई बिट मार्ने क्रममा लेखेका छन् मेरो अन्तिम अनुरोध, मेरो कार्यकालमा ऐतिहासिक कामहरु हुने छ्न् । कृपया अहिले जस्तै तपाईहरुका संचार माध्यमको स्पेस ती कामहरुका लागि पनि खाली राखिरहनु होला । भनेका कुरा पूरा गरिन भने म कुर्सी खाली गरिदिउला। यो मेरो वाचा र चुनौती भयो । म आफ्ना पक्षमा समाचार बनोस् भन्ने आशले होइन जनताको पक्षमा काम गर्न सकियोस् भन्ने आशयले काममा छु । हस् अब अब काममा लाग्छु।

मन्त्री अर्यालको फेसबुक स्टाटस

 

वि.सं.२०७९ माघ ४ बुधवार १३:२६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...