back
Kumari Bank

एनसीसी बैंकलाई प्राप्ति गरेको कुमारी बैंकको वित्तीय अवस्था कस्तो छ ?

Nepal Bank

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकलाई प्राप्ति गरेको कुमारी बैंकले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब १ करोड २० लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ६.३४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ९५ करोड १७ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी ६१.६४ प्रतिशतले बढेर ४ अर्ब २४ करोड ६ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब ६२ करोड ३५ लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा १४.९४ प्रतिशतले बढेर १ अर्ब ५७ करोड ३३ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्ममा आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ २७ पैसाले घटेर ११ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ १७ पैसा भने वितरणयोग्य नाफा ६२. २७ प्रतिशतले बढेर २२ करोड ४४ लाख ४१ हजार रुपैयाँ पुगेको छ ।

वि.सं.२०७९ माघ ९ सोमवार १३:५९ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री ओली उच्चस्तरीय बैठकहरुमा व्यस्तः विकास साझेदारहरुलाई औपचारिक च्यानलबाट आउन आग्रह   

प्रधानमन्त्री ओली उच्चस्तरीय बैठकहरुमा व्यस्तः विकास साझेदारहरुलाई औपचारिक च्यानलबाट आउन आग्रह   

वि.सं.२०८२ असार १७ मंगलवार १८:०३

प्रकाश सिलवाल सेभिया (स्पेन)  : संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी...

मनसुनका एक महिनाः ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते   

मनसुनका एक महिनाः ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते   

वि.सं.२०८२ असार १७ मंगलवार १७:५१

काठमाडौँ :  गत जेठ १५ देखि यही असार १६ गतेसम्म...

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : सामाजिक उत्तरदायित्व र ग्राहकसँगको सम्बन्धलाई जोड दिँदैभव्य रूपमा सम्पन्न

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : सामाजिक उत्तरदायित्व र ग्राहकसँगको सम्बन्धलाई जोड दिँदैभव्य रूपमा सम्पन्न

वि.सं.२०८२ असार १७ मंगलवार १७:३९

काठमाडौँ : विश्वभरका यामाहा प्रयोगकर्ता, शुभेच्छक र मोटरसाइकलप्रेमीहरूले आज यामाहा...

नाडा र यातायात व्यवस्था विभागबीच प्रस्तावित सवारी निर्देशिकामाथि छलफल

नाडा र यातायात व्यवस्था विभागबीच प्रस्तावित सवारी निर्देशिकामाथि छलफल

वि.सं.२०८२ असार १७ मंगलवार १७:३१

काठमाडौँ : नेपाल अटोमोवाइल्स एशोसिएशन (नाडा) र यातायात व्यवस्था विभागबीच...

कुमारी बैंकद्वारा फोनपे सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

कुमारी बैंकद्वारा फोनपे सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

वि.सं.२०८२ असार १७ मंगलवार १७:१७

काठमाडौं । नेपाली बैंकिङ्ग क्षेत्रमा लगातार डिजिटल रूपान्तरणमा अग्रणी भूमिका...

एनसेलको नयाँ मोबाइल नम्बर रेञ्ज सार्वजनिक, अब ९७१ बाट सुरु हुने सिम उपलब्ध हुने

एनसेलको नयाँ मोबाइल नम्बर रेञ्ज सार्वजनिक, अब ९७१ बाट सुरु हुने सिम उपलब्ध हुने

वि.सं.२०८२ असार १७ मंगलवार १६:३९

काठमाडौँ : निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले...