back
NMB ad

सहकारीको रकम सदस्यको हो भन्ने कुरा सञ्चालकहरुले बुझ्नु पर्छ : जि.सी.

Kumari bank ad

नवलपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखाले सञ्चालन गरेको दुइदिने ऋण तथा जोखिम ब्यवस्थापन तालिम मंगलवार सम्पन्न भएको छ ।

तालिम समापन कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुुर जि.सी.ले सहकारीका सञ्चालकहरुले सहकारीमा रहेको पैसा सदस्यहरुको हो भन्ने बुझ्न सकेमा सहकारीमा आउने समस्या कम हुने बताउनु भएको छ ।

सहकारीमा सदस्यहरुको शेयर तथा वचत रकम हुन्छ, सदस्यहरुले गरेको वचत कतिपय सहकारीका सञ्चालकहरुले मनोमानी तरिकाले परिचालन गरेका कारण सहकारीमा समस्या आएको छ, जिसीले भन्नुभयो,–‘सहकारीमा भएको पैसा सदस्यहरुको हो, उनीहरुले मागेका वखत फिर्ता गर्नु पर्छ भन्ने कुरा सबै सञ्चालकहरुले बुझ्ने हो भने सहकारीमा समस्या आउदैन ।’

यतिबेला सहकारीहरुलाई जोगाउनु पर्ने अवस्था आएको चर्चा गर्दै उहाँले सहकारीको साख जोगाउनका लागि सबै भन्दा महत्वपूर्ण कुरा सुशासन कायम गर्नु पर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संघ नवलपुरका अध्यक्ष होमनाथ जैसी, पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोष नवलपुरका सदस्य सचिव प्रितम भुजेल, तालिमका सहजकर्ता बैंकका सहायक अधिकृत राजकुमार बरालले सहकारी व्यवसायमार्फत समाज रुपान्तरणका लागि यसले सञ्चालन गर्ने व्यवसायलाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा तालिमका सहभागीहरु कालीगण्डकी साकोसका कोषाध्यक्ष रेशमलाल चापागाई र नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका सञ्चालक दुर्गालक्ष्मी काफ्ले पाठकले तालिमबाट ऋणको जोखिम कम गर्नका लागि धेरै महत्वपूर्ण कुराको जानकारी भएको र संस्थामा गएर सिकेको कुरा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

तालिम समापन कार्यक्रम जिल्ला सहकारी संघ लिमिटेड नवलपुरका सचिव श्याम सुन्दर लामिछानेको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक कावासोती शाखाका प्रमुख रुक्मत श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

वि.सं.२०७९ माघ १० मंगलवार १९:३६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...