back
NMB ad

एशियन हाइड्रोपावरको आईपीओ बाँडफाँड

Kumari bank ad

काठमाडौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार उक्त आईपीओ मंगलबार बाँडफाँड गरिएको हो ।

कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ३ लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि र ८४ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेको थियो ।

जसमध्ये, आयोजना अति प्रभावित क्षेत्रबाट २५० कित्तासम्म माग गर्ने १२७० जना स्थानीयले २५० कित्ता सेयर नै पाएका छन् । ३०० देखि २५०० कित्तासम्मको लागि आवेदन दिने १११ जनाले २८० कित्ता सेयर पाएका छन् । २८० कित्ता सेयर पाएका १११ जनामध्ये गोलाप्रथाबाट ३ जनाले १० कित्ता सेयर पाएका छन् ।

आयोजना प्रभावित क्षेत्र अन्तर्गत १० देखि ३० कित्तासम्म आवेदन दिने २३८३ जनाले माग बमोजिम कै सेयर पाएका छन् । ४० देखि ६ हजार कित्तासम्म आवेदन दिने ४३६८ जनाले ३० कित्ता सेयर पाएका छन् । ३० कित्ता सेयर पाएका ४३६८ जना मध्ये गोलाप्रथाबाट २२३६ जनाले थप १० कित्ता सेयर पाएका छन् ।

यसका साथै, विदेशमा रहेका नेपाली श्रमिक तर्फ ८५९२ जना योग्य रहेकोमा ८ हजार ४ सय जनाले गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् । कम्पनीको आईपीओको नतिजा निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको वेबसाइटबाट हेर्न सकिन्छ ।

वि.सं.२०७९ माघ ११ बुधवार १३:१५ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...