काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्न सुरु गरेको छ ।
कम्पनीको पुस ३० गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
सोही लाभांश डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई जम्मा गर्न सुरु गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न भनेको छ । त्यसपछि कम्पनीले वितरण गर्ने लाभांश पाइनेछ ।
वि.सं.२०७९ माघ १२ बिहीवार १०:१९ मा प्रकाशित