काठमाडौं । मिड–सोलु हाइड्रोपावर कम्पनीले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १४ लाख ९६ हजार ८०० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो ।
शेयर निष्काशन तथा बिक्रीको लागि बिक्रि प्रबन्धकमा एनआईसी एसिया रहेको छ । मिड–सोलुले सोलुखुम्बु जिल्लामा ९.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
वि.सं.२०७९ माघ १३ शुक्रवार १५:२१ मा प्रकाशित