back
NMB ad

पर्यटकीय गन्तव्य बनाउन दाम्राङ पोखरीको संरक्षण गर्दै दोर्दी गाउँपालिका

Kumari bank ad

लमजुङ । दोर्दी गाउँपालिकाले जिल्लाको पूर्वी भेगमा रहेको पर्यटकीय दाम्राङ पोखरीको संरक्षण गर्न थालेको छ । गाउँपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै आर्थिक श्रोतसँग जोड्न पालिकाको वडा नंं। ४ मा रहेको सो पोखरीको संरक्षण गर्न थालेको हो ।

समुद्री सतहबाट एक हजार नौ सय ३५ मिटरको उचाईमा रहेको पोखरी संरक्षणको लागि यस आर्थिक वर्षमा २६ लाख रुपैयाँ विनियोजन गरेर मर्मत तथा सम्हार गरिएको गाउँपालिकाले जनाएको छ ।

यतिबेला गाउँपालिकाले सञ्चालन गर्ने प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सो पोखरीको वरिपरी ढुंगा विच्छ्याउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए ।

पोखरीको वरीपरी छ मिटरदेखि १० मिटरसम्म ढुंगा विच्छ्याउने काम भइरहेको छ । तीब्रताका साथ काम भइरहेको र यतिबेला अन्तिम अन्तिम चरणमा पुगेको उहाँको भनाई छ ।

यस पोखरीको ७३ मिटर लम्बाई र ६४ मिटर चौडाई क्षेत्रफल रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका रोजगार संयोजक धर्मराज गुरुङका अनुसार सो पोखरी नजिकै चार वटा पिक्निक स्थल समेत निर्माण भइरहेको छ ।

चार वटै स्थानमा शौचालयको निर्माण कार्य भने पुरा भएको बताइएको छ । यहाँ केही समयअघि नै खानेपानीको धारा रहेपनि व्यवस्थित नभएकाले यसको व्यवस्थित गरिने भएको छ । दाम्राङ पोखरी क्षेत्र भेडीगोठ उपयुक्त क्षेत्रको रुपमा रहेको छ ।

यस क्षेत्रमा आठ वटा भेडीगोठहरू रहेका छन् । यहाँ आउने पर्यटक यस पोखरी तथा क्षेत्रमा रमाउनुका साथै भेँडाहरुसँग समेत रमाउन चाहने पर्यटकको लागि झन् आकर्षणको स्थल हुने गाउँपालिका अध्यक्ष अधिकारीको भनाई छ ।

पर्यटकीय गन्तव्यको रुपमा यस ठाउँको विकासलाई आगामी दिनमा पनि निरन्तर दिने भएको छ ।

यहाँ पर्यटकको प्रचुर संम्भावना रहेकाले यसको संरक्षण गर्दै पर्यटक आकर्षित गर्न गाउँपालिका लागिपर्ने गाउँपालिका अध्यक्ष अधिकारीले बताए ।

उनका अनुसार केही वर्ष अघि यस पोखरीलाई सडक सञ्जालमा जोड्नका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत क्षेत्र नं ९क० अन्तर्गत दोर्दी गाउँपालिका–४ ठूलाखेत–कामचोक–डाम्राङ–लिपे पर्यटन सडक निर्माण गरेको थियो । तत्कालिन गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत यस क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा विकास गर्नका लागि रु २५ लाखमा चार किलोमिटर आठ मिटर लम्बाइ र छ मिटर चौडाइको सो सडक उक्त पोखरीसम्म निर्माण गरेको थियो ।

त्यस्तै, प्रदेश सरकारकै आर्थिक सहयोगमा पोखरी नजिकै दाम्राङ हरित पार्क निर्माण गरेको छ । प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय लमजुङको रु पाँच लाख बजेटबाट पार्क निर्माण भएको बताइएको छ ।

यस पार्कभित्र ढुङ्गाको सिंढी निर्माण, २८५ मिटरको कम्पाउन तारजालीले घेर्ने, विभिन्न प्रजातिका बिरुवा ९० वटा वृक्षरोपण गरिएको थियो ।

यहाँ दाम्राङ पोखरीबाहेक यस क्षेत्रमा कुनै पानीको स्रोत नभएकाले यस जङ्गलका सबै जनावारहरुले यसै पोखरीमा पानी खानका लागि आउने गर्दछन् । यस दाम्राङ पोखरी हुँदै एतिहासिक तथा पर्यटकीयस्थल लिपे, दूधपोखरी हुँदै गोरखासमेत निस्कनसक्ने स्थानीयको भनाई छ ।

संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको यस क्षेत्रका लागि विस्तारै सरकारको ध्यान केन्द्रित हुन थालेपछि पर्यटक आगमन हुने स्थानीयले अपेक्षा गरेका छन् । उहिल्यै यस पोखरीमा ‘दामे’ भन्ने गोठाले डुबेर ‘रा’ पोखरीमा मरेको हुँदा दामेरा भन्दा भन्दै अपभ्रम्स भई दाम्राङ पोखरी भएको भन्ने किंबदन्ती रहेको छ ।

गुरुङ भाषामा पोखरीलाई ‘रा’ भनिन्छ । यस पोखरी क्षेत्रबाट बौद्ध हिमाल, हर्क पिक, लमजुङ हिमाल, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल चुली, मनाश्लु लगायतको हिमालहरु देख्न सकिन्छ ।

गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार उक्त पोखरीदेखि १५ मिनेटको दुरीमा  रहेको एउटा ८०र८२ मिटर लम्बाई भएको गुफा पनि हेर्न सकिन्छ । विगतका राजाहरूले बनाएका ऐतिहासिक गढीहरू घले गढी, पाण्डे गढी, खोलाल गढी समेत हेर्न सकिने गाउँपालिका अध्यक्षले बताउनुभयो । यस वडाकै धौथलीदेखि लिपेसम्म एक हजार ५०० मिटर पदमार्ग समेत निर्माण भइसकेको छ ।

यस चक्रिय पदमार्ग २३ किलोमिटर रहेको र हालसम्म १५ किलोमिटर पदमार्ग निर्माण भइसकेको बताइएको छ । प्रदेश सरकारले यस पदमार्ग निर्माणका लागि हालसम्म रु ९० लाख बजेट खर्च गरिसकेको छ ।

यस्ता पर्यटकीय र ऐतिहासिक स्थल एवं क्षेत्रहरुको संरक्षण तथा प्रवद्र्धन गर्दै पर्यटक भित्याउने लक्ष्यका साथ गाउँपालिका अघि बढेको छ ।

वि.सं.२०७९ माघ १४ शनिवार १०:५० मा प्रकाशित

You can share this post!

सेयर बजारमा ६ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ६ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८० चैत ६ मंगलवार १५:१८

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत ६ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

शिभम् सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

शिभम् सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत ६ मंगलवार १५:०४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट   

अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट   

वि.सं.२०८० चैत ६ मंगलवार १४:४६

काठमाडौँ, ६ चैतः अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ...

गृहमन्त्री लामिछानेमाथि लागेका आरोपबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग   

गृहमन्त्री लामिछानेमाथि लागेका आरोपबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग   

वि.सं.२०८० चैत ६ मंगलवार १४:४०

काठमाडौँ, ६ चैतः उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीसम्बन्धी...

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदको सवाल-जवाफ, कसले के सोधे ?  (पूर्णपाठ)   

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदको सवाल-जवाफ, कसले के सोधे ? (पूर्णपाठ)   

वि.सं.२०८० चैत ६ मंगलवार १४:३६

काठमाडौँ, ६ चैतः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्ष दल...