back
NMB ad

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनले कति दिंदैछ ?

Kumari bank ad

काठमाडौं । आज माघ १७ गते मंगलबार ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । उक्त रिडी पावर कम्पनी, अरुण भ्याली हाइड्रो र तारागाउँ रिजेन्सी होटेलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी ३ कम्पनीले साधारणसभा प्रयोजनको लागि भोली माघ १८ गते बुक क्लोज गर्ने गरेकोले आज माघ १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

रिडी पावर कम्पनीले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट ४० प्रतिशत बोनस शेयर र २.१० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले माघ २९ गते नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा सभा आह्वान गरेको छ ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफा र सञ्चितीबाट हाल कायम रहेको चुक्ता पूँजीको ८ प्रतिशत बोनश र ०.४२१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीले माघ २७ गते शुक्रबार नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा सभा बोलाएको छ ।

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ८.४२ प्रतिशत लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले फागुन ३ गते नेपाल पर्यटन बोर्डमा सभा बोलाएको छ ।

वि.सं.२०७९ माघ १७ मंगलवार ०९:५८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...