काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १६ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा बितरण हुने छ ।
वि.सं.२०७९ माघ १७ मंगलवार १०:३१ मा प्रकाशित