काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ ।
कम्पनीको ४ प्रतिशत बोनस बापतको ७३ लाख २३ हजार १६ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सूचिकृत भएको उक्त सेयर लगानीकर्ताले अब भोलीदेखि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।
वि.सं.२०७९ माघ १७ मंगलवार १२:२५ मा प्रकाशित