काठमाडौं । नाडेप लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १८ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ४८ करोड ५७ लाख रहेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा बितरण हुने छ ।
वि.सं.२०७९ माघ १९ बिहीवार १०:३४ मा प्रकाशित