back
NMB ad

झापा र धादिङमा सवारी दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते

Kumari bank ad

काठमाडौं, २० माघ । झापा र धादिङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । झापाको शिवसताक्षी नगरपालिका १ कमलपुमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

ईटहरीबाट काकडभिट्टा तर्फ आउँदै गरेको ना ६ ख ८८९५ नम्बरको ट्रकको पछाडी सोही दिशा बाट आउँदै गरेको फलामको रड बोकेको  ना ५ ख ८३११ नम्बको ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनमा ८३११ नम्बरका ट्रक चालक सुनसरीको रामधुनी नगरपालिका ७ का ४५ वर्षीय मदन चौधरी र नामथर र ठेगाना नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको हो ।

गम्भीर घाइते भएका उनीहरुलाई दमक अस्पताल पु¥याउन साथ चिकित्सकले मृत घोषणा गरेको हो । शुक्रबार बिहान साढे ५ बजे भएको सवारी दुर्घटनमा संलग्न दुबै सवारी र अर्का ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा शुक्रबार बिहान बस पल्टिँदा बसमा सवार ६ जना यात्रु घाईते भएका हुन् ।

घाइते भएका मध्य बर्दियाको बारबर्दिया नगरपालिका–५ बस्ने २० बर्षीय सुरज तिमल्सिना, नवलपरासीको कावासोती नगरपालिका–२ सरस्वति चोक बस्ने ४० बर्षीया लक्ष्मी पाण्डे र सल्यानको बुङकोट नगरपालिका ७ बस्ने २१ बर्षीय सुरज विश्वकर्माको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाईतेहरूलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ । बाँकी घाइतेको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ ।

उनीहरूको अवस्था भने सामान्य रहेको छ ।  नेपालगन्जबाट काठमाडौँ तर्फ आउदै गरेको ना ६ ख ४०५ नम्बरको बस अनियन्त्रित भई शुक्रबार बिहान सवा ७ बजे सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय बेनिघाटले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वि.सं.२०७९ माघ २० शुक्रवार ११:५३ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...