back
NMB ad

भारतलाई तीन गोलले हराउँदै नेपाल महिला यु–२० च्याम्पियनपको फाइनलमा

Kumari bank ad

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भारतलाई ३–१ ले पराजित गरेको छ ।

भारतलाई पराजित गरेसँगै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा नेपालले तीन गोलले जित निकालेसँगे नेपाल फाइनलमा प्रवेश गरेको हो ।

खेलको २१ औं मिनेटमा भारतकी अपूर्णा नार्जरीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । ४८ औं मिनेटमा अञ्जली चन्दले गोल गर्दै नेपाललाई १–१ को बराबरीमा ल्याइन् ।

७९ औं मिनेटमा कप्तान प्रिती राईले पेनाल्टीमार्फत गोल गरेकी थिइन् ।  भारतले पहिलो हाफमा २१ औं मिनेटमा गोल गर्दै अग्रता लियो। भारतका लागि अपूर्णाले गोल गरेकी थिइन्।

नेपालले दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। भारतकी गोलकिपरले राम्रोसँग क्लियर गर्न नसकेको बल पाएकी अन्जली चन्दले खाली पोस्टमा गोल गरिन्।

भारतलाई पराजित गर्दै तीन खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको नेपालले फाइनलमा स्थान सुरक्षित गरेको छ । यसअघि बंगलादेशसँग ३–१ ले पराजित भएको नेपाल भुटानलाई भने ४–० ले पराजित गरेको थियो ।

यसअघि भुटानलाई १–२ ले पराजित गरेको भारत बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो । नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। आजै बंगलादेश र भुटानको खेलपछि फाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ।

वि.सं.२०७९ माघ २४ मंगलवार १७:१२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...