
काठमाडौं । सुपर माई हाइड्रोपावरको आइपीओमा ७ लाख २३ हजार ९२६ जना आवेदकले ८१ लाख ६३ हजार ८३० कित्ताका लागि आवेदन दिएका छन् ।
सीडीएसका अनुसार कम्पनीको आइपीओमा आज (माघ २४ गते) सम्ममा ८१ करोड ६३ लाख ८३ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्कासन भएको ४ लाख १५ हजार कित्ताभन्दा १९.६७ गुणा बढी हो ।
कम्पनीले माघ २३ गतेदेखि आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरी २ प्रतिशत अर्थात १० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
कम्पनीको आईपीओमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन ८ गतेसम्म लम्बिनेछ। कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
वि.सं.२०७९ माघ २४ मंगलवार १८:०५ मा प्रकाशित