back
NMB ad

नेपाल इन्स्योरेन्सको खुद नाफा ४७.६५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरण अनुसार इन्स्यारेन्सको खुद नाफा ४७.६५ प्रतिशतले बढेर चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १५ करोड ३२ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।

गत वर्षको यसैअवधिमा यस इन्स्योरेन्सले १० करोड ३८ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद बिमा शुल्क १० प्रतिशतले घटेर ३९ करोड १९ लाख ६० हजार रुपैयाँमा आएको छ ।

यसअवधिमा लगानी, कर्जा तथा अन्यबाट आम्दानी ९६.८० प्रतिशतले बढेर ११ करोड ४० लाख ७५ हजार रुपैयाँ पुगेपछि खुद नाफा सुधार भएको हो ।

बिमा कोषको आकार ३३.८७ प्रतिशतले बढेर ८२ करोड ९८ लाख ९ हजार रुपैयाँ पुगेको छ । यता, रिजर्भ कोषमा पनि सुधार भएको छ । गत वर्षको तुलनामा ५.४२ प्रतिशतले रिजर्भ कोष बढेर ४७ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

खुद नाफामा सुधार भएपछि नेपाल इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५२ पैसाले बढेर २२ रुपैयाँ २३ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १९४ रुपैयाँ ८२ पैसा छ ।

वि.सं.२०७९ माघ २६ बिहीवार १३:०१ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...