back
NMB ad

अब नागरिक लगानी कोषका योगदानकर्ताको रकम अनलाईनबाट सिधै नेपाल बैंकमा

Kumari bank ad

काठमाडौं । नेपाल बैंक लिमिटेड र नागरिक लगानी कोष बीच अनलाईन कारोवार मार्फत नागरिक लगानी कोषका योगदानकर्ताको रकम जम्मा हुने आधुनिक व्यवस्था कार्यन्वयन गर्न सम्वन्धमा सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम राष्ट्रसेवक कर्मचारीहरुको कर्मचारी बचत बृद्धि अवकाश कोष कार्यक्रम र राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकमलाई वेबमा आधारित ईसर्भिस सफ्ट्वेयरबाट समेत खातामा जम्मा हुने व्यवस्थाको शुरुवात गरिएको छ । मिति २०७९ माघ २५ गते एक कार्यक्रमका बीच नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

सो कार्यक्रममा बोल्दै बैंकका प्रमूख कार्यकारी अधिकृत अधिकारीले नेपाल बैक र नागरिक लगानी कोष बीचको व्यवसायिक सम्वन्ध नागरिक लगानी कोषको स्थापनादेखि भएको बताउँदै बैंकिङ सम्बन्धि कारोबारमा कुनै गुनासो नआउने गरी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यसैगरी नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले संचालन गरेका कार्यक्रमहरुलाई नेपालकै पहिलो बैंकले सधै साथ सहयोग गर्दै आएको र हालको यो नयाँ अनलाईन कारोवारमा पनि सोहि बमोजिम बैंकिङ सेवा दिनेमा विश्वस्त रहेका बताउनुभयो ।

वि.सं.२०७९ माघ २६ बिहीवार २१:०१ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...