काठमाडौं। बागमती प्रदेश सरकारले भोली फागुन १ गते सार्वजनिक विदा दिने भएको छ ।
माघ २४ गते बसेको प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । उक्त निर्णय अनुसार फागुन १ गते सोमबारका दिन बाग्मती प्रदेशभर सार्वजनिक विदा रहने छ ।
वि.सं.२०७९ माघ २९ आइतवार १३:२४ मा प्रकाशित