back
NMB ad

राष्ट्रिय सहकारी बैंकका सञ्चालकहरुको जिम्मेवारी तोकियो

Kumari bank ad

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिका सदस्यहरुको जिम्मेवारी तोकिएको छ । बैंकको शनिवार सम्पन्न वैठकले सञ्चालकहरुलाई विभिन्न १० वटा उप–समिति र प्रदेश संयोजकको जिम्मेवारी तोेकेको हो ।

बैंकको कामलाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि विभिन्न उप समितिहरु गठन गरिदै आएको छ, केन्द्रीय उप–समितिको संयोजक बैकका सञ्चालकहरु रहने र सदस्यहरुमा सञ्चालक सहित बैंकका सदस्य संघ संस्थाका प्रतिनिधिहरु रहने व्यवस्था गरिएको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।

सहकारी विभाग र नेपाल राष्ट्र बैंकबाट समिति÷उप–समिति गठन सम्बन्धि निर्देशन, बैंकको स्विकृत विनियममा भएको व्यवस्थाका आधारमा बैंकको काम कारबाहीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न, बैंकको तोकिएका उद्देश्य प्राप्त गर्न, बैंकको व्यवसाय विस्तार, सदस्य सहकारी संस्थाको विकास तथा प्रवद्र्वनमा सहयोग गर्न उप–समिति गर्ने व्यवस्था गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

सञ्चालक समितिले सूचना, सञ्चार, प्रकाशन तथा प्रविधि उप–समितिको संयोजकमा राम बहादुर जिसी, सम्पत्ती शुद्धिकरण अनुगमन उप–समितिको संयोजकमा अमृता सुब्बा, कर्मचारी सेवा सुविधा उप–समितिको संयोजकमा पार्वती थापा, नीति निर्माण कार्यक्रम उप–समितिको संयोजकमा केदार मानन्धरलाई चयन गरेको छ ।

यस्तै लघुवित्त तथा उद्यम उप–समितिको संयोजकमा महेन्द्र कुमार गिरी, शिक्षा, तालिम तथा सम्मान उप–समितिको संयोजकमा माधवलाल देवकोटा, घरेलु तथा साना उद्योग विकास उपसमितिको संयोजकमा शिवा थापा, लैगिंक समानता उपसमितिको संयोजकमा तारा गुरुङ, व्यवसाय प्रवद्र्धन, एकीकरण तथा स्तरीकरण उपसमितिको संयोजकमा मनोज कुमार थापा र जोखिम व्यवस्थापन उपसमिति संयोजकमा ध्रुवराज विष्टलाई चयन गरिएको छ ।

सात वटा प्रदेशका तर्फबाट निर्वाचित सञ्चालकहरुलाई प्रदेश प्रतिनिधि (संयोजक) को जिम्मेवारी दिइएको छ । प्रदेश संयोजकहरुमा प्रदेश नं १ मा महेन्द्र कुमार गिरी, मधेश प्रदेशमा विश्वनाथ मण्डल, बाग्मती प्रदेशमा रामहरि बजगाई, गण्डकी प्रदेशमा राम बहादुर जिसी, लुम्बिनी प्रदेशमा विजया धिताल, कर्णाली प्रदेशमा काली बहादुर महतारा तथा सुदुरपश्चिम प्रदेशमा शिवा थापा रहनु भएको छ ।

केन्द्रीय उपसमितिका सदस्यहरु तथा प्रदेश स्तरीय उप–समिति र शाखा स्तरीय उप–समितिका संयोजक तथा सदस्यहरु बैंकका सञ्चालक तथा सदस्य संघ संस्थाका प्रतिनिधिहरुलाई चयन गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

बैंकको गत पुस १८ गते सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट के.बी.उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मी प्रसाद उप्रेतीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन भएको थियो ।

वि.सं.२०७९ माघ २९ आइतवार १६:३९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...