back
NMB ad

बालुवामा पानी बन्यो कम्पोष्ट प्लान्टको लगानी

Kumari bank ad

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा अढाइ करोड खर्च गरेर निर्माण गरिएको कम्पोष्ट प्लान्ट र वायोग्याँस प्लान्टबाट उपयोग विहिन बनेको छ । अर्गानिक नगर बनाउने अभियान अन्तरगत नगरपालिकाले नेपाल सरकार अर्थमन्त्रालयको विशेष अनुदान एबं प्रदेश सरकारको गरी करिब २ करोड ७० लाखको खर्चमा निर्माण गरेको दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमुना कृषि श्रोत केन्द्रबाट उत्पादित मलप्रति किसानलाई आकर्षित गर्न नसक्दा लगानी प्रतिफल विहिन बन्न पुगेको छ ।

उत्पादित प्रांगारिक मलको उत्पादकत्वप्रति किसानको बिश्वास नहुँदा र बजार मुल्या पनि बढी भएका कारण कम्पोष्ट प्लान्ट तथा नमूना कृषि श्रोतकेन्द्र उपयोग विहिन बन्न पुगेको हो । किसानले खपत नगरेपछि कम्पोष्ट प्लान्टबाट नियमित मल उत्पादन गर्न सकिएको छैन ।

प्रदेश नम्बर १ का तत्कालिन मूख्यमन्त्री शेरधन राईले तामझामका साथ २०७७ चैत २१ गते उद्घाटन गरेको दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमुना कृषि श्रोत केन्द्रबाट हालसम्म प्रतिवटा १५ केजीको ४३५ बोरा मल मात्र उत्पादन गरिएको छ । जवकी प्लान्टबाट प्रतिघण्टा एक हजार केजी कम्पोष्ट मल उत्पादन गर्ने लक्ष्य राखिएको थियो । उत्पादित मलको मूल्या प्रतिबोरा पाँच सय निर्धारण गरिएको छ ।

हालसम्म उत्पादन भएका मलमध्ये करिब ४० बोरा मात्र ‘क्याँस’ बिक्री भएको छ । १५० बोरा मल नगरपालिको दिक्तेलस्थित सपिङ कम्प्लेक्समै थन्काइएको छ । अन्य मल अनुदानमा किसानलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ । कम्पोष्ट प्लान्टबाट उत्पादित मल गोठकोभन्दा कैयौं गुणा मलिलो भएपनि महत्व बुझाउन नसक्दा किसानले बेवास्ता गरेको दिक्तेलका किसान भूमीराज खत्री बताउँछन् । “कम्पोष्ट प्लान्टको प्रांगारिक मल उपयोगी छ । मैले प्रयोग गरेर हेरेँ । गोठको गोबरभन्दा कैयौं गुणा राम्रो छ,” खत्रीले भने, “तर यसको महत्व बारे किसानलाई बुझाउन सकिएको छैन । नगरका सवै किसानले प्रयोग गर्ने हो भने मलको माग धान्न गार्‍हो हुन्थ्यो ।”

विशेषगरी दिक्तेलबजार, सोल्मा लगायतका ठाउँबाट निस्कने कुहिने, सड्ने र मक्किने वस्तुलाई खरिद गर्ने र प्रशोधन गरेर कम्पोष्ट मल उत्पादन गर्ने तथा मानव मलमुत्रबाट वायोग्याँस उत्पादन गर्ने लक्ष्यकासाथ कम्पोष्ट र वायोग्याँस प्लान्ट निर्माण गरिएको हो । कम्पोष्ट प्लान्ट र वायोग्याँस प्लान्ट उद्घाटन अघिपछि सामान्य मात्रामा मल उत्पादन गरिए । तर नगरपालिकाले उचित व्यवस्थापन गर्न नसक्दा कम्पोष्ट तथा वायोग्याँस प्लान्टबाट नियमित मल उत्पादन गर्न नसकिएको हो ।

कम्पोष्ट प्लान्टको मललाई किसानले आफ्नो गोठको मल सरह ठानेका छन् । जसका कारण किसानले कम्पोष्ट प्लान्टको मल खरिद गर्न रुचाएनन् । खपत नै नभएपछि नियमित मल उत्पादन गर्न नसकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखाका कृषि प्रशार अधिकृत तेजप्रकाश जैसीले बताए । “उद्घाटन लगत्तै एकलट मल उत्पादन भयो । परिक्षण गर्दा मलको क्वालिटी राम्रो छ । तर बजार मूल्या बढी भयो भनेर किसानले रुचाएन । नियमित खपत नभएपछि धेरै मल उत्पादन गर्न सकिएन,” जैशीले भने, “अव निजी संस्था वा साँझेदारी सँस्थामार्फत सञ्चालन गर्नेगरी कार्यविधि तयार पारेका छौँ । मूल्याका विषयमा पनि पुःनर्विचार हुनसक्छ ।”

नेपाल सरकारको विशेष अनुदान स्वरुप प्राप्त भएको ३ करोड ३२ लाखमध्ये कम्पोष्ट प्लान्ट र वायोग्याँस प्लान्ट निर्माणमा १ करोड ८५ लाख खर्च भएको छ । अन्य रकम दुई वटा ट्याक्टर खरिद, दिक्तेलबजारमा डस्विन राख्न तथा डम्पिङसाईट पुग्ने सडक मर्मतमा खर्च गरिएको थियो ।

यस्तै, कम्पोष्ट र वायोग्याँस प्लान्टको काममा प्रदेश सरकारको सशर्त अनुदान ५० लाख र नगरपालिकाको आन्तरिक श्रोतबाट ३५ लाख खर्च भएको छ । -दमन राई 

वि.सं.२०७९ माघ २९ आइतवार २१:३० मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...