back
NMB ad

पशु पालनबाट मासिक दुई लाख आम्दानी गर्दै भवानी सापकोटा

Kumari bank ad

बारा । बाराको निजगढ नगरपालिका–५ बागदेवकी भवानी सापकोटाले व्यावसायिक भैँसी पालनबाट मनग्य आम्दानी गर्दै आइरहेकी छन् । वैदेशिक रोजगारीमा जाने प्रवृत्तिका बाबजुद सापकोटाले भैँसी पालनबाट मासिक दुई लाख बढी आम्दानी गर्दै आइरहेकी हुन् ।

सापकोटाले पाँच भैँसीबाट सुरू गरेको बकैया ठाकुर पशु फर्म व्यवसाय अहिले करिब ६५ वटा भैँसी र २२ वटा पाडापाडीले भरिभराउ छ । भैँसीमा पालनमा रमाएकी सापकोटा परिवारले २०७५ सालबाट मात्रै भैँसी पालन सुरु गरेकी थिइन् ।  उनीसँग भैँसी मात्रै होइन, अन्य चौपाया पनि प्रशस्तै छन् । उनले  भैँसी, खसी, कुखुरा पनि पाल्दै आएकी छिन् । अहिले सापकोटा परिवारलाई खसीबोका तथा कुखुरा बिक्रीका लागि बाहिर जानुपर्दैन । कसैलाई चाहिएमा सम्पर्क गरेर फार्ममै पुग्ने गरेको उनी बताउँछिन् । हाल ६० वटा खसी तथा बाख्रा र एक सय ५० भन्दा बढी कुखुरा समेत पालन गरेकी सापकोटा भन्छिन्, ‘निरन्तर सङ्घर्षपछि सफलता मिल्दै जाँदा ‘गरे हुन्छ’ भन्ने सोच थपिएको छ ।’

२०७५ सालमा पहिले पटक मधेश प्रदेशबाट ४ लाख युवा लक्षित कार्यक्रमबाट पाइएको भए पनि त्यसपछि राज्यबाट कुनै सहयोग प्राप्त नभएको सापकोटाको भनाइ छ । परिश्रम गरे हरेक कुरा सम्भव हुने बताउने सापकोटालाई त्यसयता राज्यबाट अनुदान, पशु औषधिजस्ता कुराहरू केही नपाएको गुनासो गर्छिन् ।

ुराज्यले काम गर्नेलाई सहयोग गर्नुपर्थ्यो । तर कामै नगर्नेलाई लाखौँ, करोडौँ रूपैयाँ अनुदानको नाममा सरकारले सहयोग गर्छ ।  हामीजस्ता कृषकलाई सामान्य औषधि पनि दिँदैन,ु उनले भनिन् । राज्यबाट केही सहयोग प्राप्त नगरे पनि गाउँमै लोभलाग्दो व्यापार भएपछि निर्धक्क देखिन्छन् उनी ।  तर वस्तुभाउ पाल्दै आउँदा पनि आफूलाई कुनै निकायबाट सहयोग नमिलेकोमा उनी गुनासो गर्छन्  ।


दुहुना भैँसीबाट दैनिक ३०० लिटर दूध बिक्रीहुदाँ मासिक दुई देखी दुई लाख ५० हजार सम्म आम्दानी हुने उनको भनाई छ । यस बाहेक खसी कुखुराबाट वार्षिक ७ लाख आम्दानी गर्दै आएको उनले बताइन् ।

भैंसीबाट उत्पादित पाडापाडी, पालिएका खसी र कुखुराको विक्रिबाट ब्यवसायको आधा खर्च जोहो हुँदै आएको उनले बताइन् । सापकोटा परिवारको अवाश्यकता यसबाट नै पूरा हुदै आएको छ । पशु पालन व्यवसाय सुरु गरेको करिब ५ वर्ष वितेको छ । अहिले सापकोटा परिवार पशु पालन ब्यवासयबाट सन्तुष्ट देखिन्छन ।

थोरै लगानीबाट सुरु गरिएको पशुपालन ब्यवसायले सुन्तुष्टि हुने र कृषि पेशामा लागेर के नै हुन्छ भनी विदेश पलायन हुने थुप्रैका लागि उनी दरिलो उदाहरण बनेकी छन् । –इन्दीप कोइराला

वि.सं.२०७९ फागुन १ सोमवार १८:५७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...