काठमाडौं । माथिल्लो मैलुङ्ग खोला जलविद्युत लिमिटेड आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै फागुन ३ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र सर्वसाधारणको लागि २५ करोड रुपैयाँ बराबरको २५ कित्ता शेयर निष्काशन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७९ फागुन ५ शुक्रवार १३:५८ मा प्रकाशित