back
NMB ad

ब्रोकरले काठमाडौं बाहिर तीन शाखा खोलेपछि मात्र काठमाडौंमा शाखा खोल्न पाउने, अन्य के छन् व्यवस्था ?

Kumari bank ad

काठमाडौं । धितोपत्र दलाल व्यवसायीले (ब्रोकर) शाखा खोल्न अनुमति पाएको तिन महिनाभित्र शाखा सञ्चालनमा ल्याउनुपर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले शुक्रबार धितोपत्र व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका २०७९ जारी गर्दै अनुमति पाएको तीन महिनाभित्र शाखा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ ।

ब्रोकरले आवश्यक कागजातसहित एकपटकमा एउटा मात्र शाखा खोल्नको लागि निवदेन दिनुपर्नेछ । शाखा कार्यालय सञ्चालन गर्न कम्तीमा सातदिन अगाडी धितोपत्र बोर्डलाई जानकारी गराउनुपर्नेछ । आवाश्यक पुर्वाधार तयार नभए १५ दिनको समय दिनेछ ।

त्यसपछि पनि तोकिएको पुर्वाधारको व्यवस्था नगरे अनुमति रद्दसमेत गर्न सकिने निर्देशिकामा उल्लेख छ । एउटा शाखा खोल्दा १ करोड ५० लाख चुक्तापूँजी कायम गर्नुपर्नेछ । यस्तै, चुक्तापुँजी भन्दा बढी नेटवर्थ हुनुपर्ने व्यवस्था गरिएको छ ।

मुख्य कार्यालय रहेको जिल्लामा शाखा खोल्न पाइने छैन । यद्यपी दुर्गम जिल्लाको हकमा भने थप दुइ शाखा खोल्न पाइने छ । ब्रोकरले काठमाडौं बाहिर कम्तीमा तीन शाखा खोलेपछि मात्र काठमाडौंमा शाखा खोल्न पाउनेछ ।


वि.सं.२०७९ फागुन ५ शुक्रवार १६:५७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...