back
NMB ad

छुट्ला है, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

Kumari bank ad

काठमाडौं । आज फागुन ८ गते, सोमबार, तीन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। स्वाबलम्बन लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र ङादी ग्रुपको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी ३ कम्पनीले फागुन १० गते बुकक्लोज गर्दैछन् ।

फागुन ९ गते ल्होसारको सार्वजनिक बिदाका कारण यस दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले संस्थापक तथा सर्वसाधारणसमूहको शेयर संरचना परिवर्तन गरी ६०ः४० कायम गर्ने, अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। कम्पनीले फागुन १९ गते शुक्रबार, लैनचौर ब्यान्क्वेट, काठमाडौँमा २१ औँ वार्षिक साधारण सभा बोलाएको छ।

कर्पोरेट डेभलपमेन्ट बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक र सर्वसाधारण शेयरधनी तर्फबाट सञ्चालक समितिको सदस्यको मनोनयन वा निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। बैंकले फागुन २२ गते आफ्नो प्रधान कार्यालय, आदर्शनगर, वीरगञ्जमा बिहान ७ः१५ बजे पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको छ।

त्यसैगरी, ङादी ग्रुप पावरले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर रहेको र ०.२५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारणको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। फागुन २५ गते, युनियन हाउस, अनामनगरमा बिहान १० बजे नवौँ वार्षिक साधारण सभा बोलाएको छ।

वि.सं.२०७९ फागुन ८ सोमवार १०:०४ मा प्रकाशित

You can share this post!

काठमाडौँ महानगरपालिकाले नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने

काठमाडौँ महानगरपालिकाले नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:४८

काठमाडौँ, ३० वैशाखः काठमाडौँ महानगरपालिकाले आफ्नो कार्य क्षेत्रमा सञ्चालित केही...

प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटबीच सम्झौता

प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:४४

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौ, बसुन्धरा...

१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:३१

काठमाडौं । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई...

यस्तो छ, बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा कर्जा प्रवाहको अवस्था

यस्तो छ, बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा कर्जा प्रवाहको अवस्था

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:०६

काठमाडौं । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा...

नेप्सेमा १९ अर्ब ४० करोड बराबरको बोनस शेयर सूचिकृत

नेप्सेमा १९ अर्ब ४० करोड बराबरको बोनस शेयर सूचिकृत

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:५६

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० चैत्र मसान्तमा सूचीकृत...

चैतसम्मको आर्थिक अवस्थाः नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा   

चैतसम्मको आर्थिक अवस्थाः नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:४९

काठमाडौँ, ३० वैशाखः चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश...