back
NMB ad

पोखरा महानगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया, सम्पत्तिहरुको बीमा गराउन पहल गर्न महानगरपालिकासँग आग्रह

Kumari bank ad

काठमाडौं । नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयको आयोजनामा कास्की जिल्लाको पोखरा महानगरपालिकामा यही फागुन ८ गते सोमबार बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महानगरभित्रका घर लगायत सम्पत्तिहरुको बीमा गराउनका लागि पहल गर्न महानगरपालिकासँग आग्रह गर्नुभयो ।

अध्यक्ष सिलवालले आर्थिकरुपले सम्पन्न व्यक्तिलाई बीमा गर्न प्रोत्साहन गर्न र विपन्न बर्ग पहिचान गरी बीमा गर्नका लागि आर्थिक सहायताको व्यवस्था गर्न पनि आग्रह गर्नुभयो ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेबी गुरुङले बीमा दाबी भुक्तानीमा देखिएका समस्या समाधान गरी दाबी भुक्तानीलाई सरल बनाउन र बीमा सम्बन्धी नीति तथा कार्यक्रम तर्जूमामा महानगरलाई सहयोग गर्न प्राधिकरण सँग आग्रह गर्नुभयो ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबी भुक्तानी स्थानीयस्तरमा नै छिटोभन्दा छिटो गर्ने व्यवस्था गर्न प्राधिकरणले बीमा कम्पनीहरुलाई निर्देशन दिँदै आएको जानकारी दिनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले महागरभित्रका घर लगायतका सम्पत्तिको बीमा गराउनका लागि महानगरपालिकाले पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी) ले बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले बीमा दाबी भुक्तानी प्रक्रिया जटिल रहेको, बीमा कम्पनीबाट दाबी भुक्तानी पहुँचवालाले सहजै पाउने तर सामान्य नागरिकले दाबी भुक्तानी पाउन कठिन हुने गरेको, सरकार र महानगरपालिकाको अनुदानमा गरिएको कृषि तथा पशुपन्छीको बीमा दाबी भुक्तानी नहुने गरेको, हुँदै नभएको बाली र पशुको समेत बीमा गर्ने गरेको, बीमा कम्पनीले कम दाबी भुक्तानी दिने गरेको लगायतका गुनासाहरु राख्नुभएको थियो ।

नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयका प्रमुख केशव प्रसाद दाहालले संचालन गर्नुभएको कार्यक्रममा पोखरा महानगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारी, नेपाल बीमक संघका महासचिव अशोक कुमार खड्का, एल.आई.सी. नेपालका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास, नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक केदारनाथ भट्ट, नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी, पोखरा च्याप्टरका पदाधिकारी, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर, बीमा अभिकर्ता लगायतको सहभागिता रहेको थियो ।

निप्स, पोखरा शाखासँग अन्तरक्रिया
नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स), पोखरा च्याप्टरसँग यही फागुन ८ गते पोखरामा बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सुशासन कायम गर्न, अस्वस्थ प्रतिस्पर्धा नगर्न र पारदर्शीरुपमा काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिनुभयो ।
अध्यक्ष सिलवालले बीमा सर्भेयरहरुले समयमा नै प्रतिवेदन बुझाउनुपर्ने, एउटै सर्भेयरसँग धेरै फाइलहरु थन्किएर रहने अवस्था हटाउनुपर्ने र बीमा कम्पनीहरुले समयमै सर्भेयर शुल्क भुक्तानी गर्नुपर्ने बताउनुभयो ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐन बमोजिम एक कम्पनी एक अभिकर्ताको व्यवस्था कार्यान्वयनमा आएको र अभिकर्ताको परीक्षा अनलाइनबाट हुने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी सर्भेयरहरुले सर्भेयरको परिक्षा, बर्गीकरण तथा संस्थागत योग्यताको व्यवस्था, सर्भेयर शुल्क, सर्भेयर पेशाको भविष्य, सर्भेयर पेशाप्रतिको आकर्षण लगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी), प्राधिकरणको गण्डकी प्रदेश कार्यालयका प्रमुख केशव प्रसाद दाहाल, प्राधिकरणका सहायक निर्देशक केदारनाथ भट्ट, निप्सका पदाधिकारी, बीमा कम्पनीका केन्द्रीय कार्यालय र प्रदेश तथा शाखा कार्यालयका पदाधिकारीहरु, बीमा सर्भेयर, बीमा अभिकर्ता लगायतको सहभागिता रहेको थियो ।

वि.सं.२०७९ फागुन ९ मंगलवार १४:१४ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...