back
NMB ad

आजदेखि मेन्छियाम हाइड्रोपावरको आइपीओ बिक्री खुला, कति दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । मेन्छियाम हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आज अर्थात फागुन १० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३ सय रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो ।

हाइड्रोपावरले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ४२ हजार ५८३ कित्ता सेयर निष्कासन गर्ने भएको छ । यो मध्ये आयोजना अति प्रभावित क्षेत्र संखुवासभा जिल्लाका साविकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानिय बासिन्दालाई २ लाख ७१ हजार २९२ कित्ता र यो बाहेक संखुवासभा जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर छुट्याइएको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने १ लाख ८ हजार ५१७ कित्ता सेयर छुट्याइएको छ । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले लागि छिटोमा फागुन २५ गतेसम्म र ढिलोमा चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने फागुन २५ गतेभित्र आवेदन दिनु पर्नेछ ।

यस आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानिय बासिन्दाले आयोजना स्थल, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वि.सं.२०७९ फागुन १० बुधवार ०९:५७ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५९

काठमाडौँ, ८ जेठः सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि...

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५५

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा...

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:४३

काठमाडौँ, ८ जेठः सशस्त्र प्रहरीका ४५ जना प्रशिक्षार्थी अधिकृतले कुश्माको...

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान   

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:३३

ढाका, ८ वैशाख : चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा...

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह   

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:१६

विराटनगर, ८ जेठः नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८१ जेठ ८ मंगलवार १२:५५

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी...